राजविराज, ५ माघ । विगत दुई सातायताको बढ्दो शीतलहरका कारण जनजीवन प्रभावित भई मानवीय क्षति हुन थालेपछि सक्षम फाउण्डेशन नेपालले न्यानो लत्ताकपडा वितरण गरेको छ ।
फाउण्डेशनले न्यानो अभियान अन्तर्गत सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर ४ र ६, हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्वर–१०, राजबिराज नगरपालिका वडा नम्वर १४ को विपन्न बस्तीमा गई तीन सय पीडित परिवारलाई कम्बल, स्वेटर, ज्याकेट, ट्राउजर, पाईन्ट, टोपी, साडी, कुर्ता, जुत्ता, चप्पल लगायतका न्यानो लुगाहरू वितरण गरेको संस्थाका अध्यक्ष डा.सी.के.सिंहले जानकारी दिएका छन् ।
सक्षम फाउण्डेशन नेपालको दोस्रो दिनको कार्यक्रम अन्तर्गत जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर( ६ को प्राथमिक विद्यालय को. मधेपुराका बाल कक्षादेखि कक्षा पाँचसम्मका १६५ विद्यार्थीहरुलाई टोपी, ज्याकेट, स्वेटर, पाइजामा, जुत्ता, चप्पल लगायतका न्यानो लुगाफाटाहरु वितरण गरियो । ‘न्यानो अभियान’कालागि फाउण्डेशनले सप्ताहव्यापी सहयोग संकलन अभियान अन्तर्गत एक कम्बल दिई सय मनकारी सहयोगी, दाता सहित काठमाडौं निम्न व्यापारी संघ, भृकुटीमण्डप खुलाबजारले आफ्ना सम्पूर्ण पसललाई न्यानो लुगाफाटा सवेच्छाले दान गर्नलाई आहवान् गरेका थिए भने निःसहाय सेवा सदन शान्तिनगर काठमाडौले २३ थान कम्बल र सोही अनरूप टोपी दिई सहयोग गरेका थिए भने तुलसीमाया मेमोरियल रिलिफ फाउण्डेशन, सूर्या हेल्थकेयरका प्रोजेक्ट प्रमुख विजय कुमार, रिलायबल डाईग्नोस्टिक ल्याब नेपाललगयतले समेत आर्थिक सहयोग गरेका थिए ।
अभियानमा लुगाफाटा वितरण गर्न फाउण्डेशनका अध्यक्ष डा.सी.के.सिंह, उपाध्यक्ष कुमार भाष्कर, सचिव कमल मण्डल लगायतले आफै स्थलगत रिपोर्टको आधारमा वितरण गरेका छन् ।