राजविराज, ५ माघ । बढ्दो शीतलहरले जनजीवन कष्टकर बन्दै गईरहेको अवस्थामा डलवाका शितलहर पीडितलाई रोटरी कल्व पोखरा लेक साइटले वितरण गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्वर– १४ को बाढी प्रभावित क्षेत्र, कोशीको कोखमा रहेको डलवाका बृद्धबृद्धा, अपाङ्ग, बालबालिका तथा असहायहरूलाई सिरक, बल्यांकेट वितरण गरेको हो । रोटरी कल्व पोखरा लेक साइटका कार्यक्रम संयोजक अर्जुन प्रसाद खनालको नेतृत्वको टोलीले डलवाका बाढी पिडित तथा शितलहर पिडितलाई जाडो वााट जोगिनकालागि सिरक, २५ थान, बल्यांकेट ७५ र २० वटा झुल राहतको सामग्री वितरण गरेको छ ।
तराई, मधेश तथा पहाडमा परेको विपदको समयमा पीडितको दुःखमा मलहम लगाउन तथा सम्बन्ध कायम गर्नकालागि रोटरी कल्वले सहयोग गर्दै आएको रोटरीका कार्यक्रम संयोजक अर्जुन खनालले जानकारी गराएका छन् । सोही अवसरमा हनुमाननगर कंकालनी नगरपालिका वडा नम्वर १४ का अध्यक्ष सत्यनारायण यादव, सशस्त्र प्रहरी उपरीक्षक रामाआधार यादव, पत्रकार चन्दनकुमार यादव लगायतको उपस्थिति थियो ।