• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सेभ द सप्तरी र धर्मीहल्फाद्वारा कम्बल वितरण

सेभ द सप्तरी र धर्मीहल्फाद्वारा कम्बल वितरण

राजविराज, ४ माघ । सेभ द सप्तरी नामक गैरसरकारी संस्थाद्वारा विहीवार राजविराज नगरपालिकाको वडा नम्वर–६ स्थित दलित बस्तीमा ८० थान कम्बल वितरण गरिएको छ ।
खैरसाल स्थित राम बस्तीमै पुगेर दलित एवम् विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठ, संस्थाका अध्यक्ष धु्रुव देव, वडा अध्यक्ष प्रेम कुमार यादवसमेतले चिसोबाट जोगिन कम्बल वितरण गरेका छन् ।
यसैगरी सप्तरीको लालापट्टी स्थित धर्मीहल्फा महिला विकास क्लवद्वारा विहीबार अग्नीसाइर कृष्णासवरण गाउँपालिका–५ का मुसहर परिवारलाई कम्बल वितरण गरिएको छ ।
शितलहरबाट जोगिनकालागि ६० मुसहर परिवारलाई कम्बल वितरण गरिएको हो । संस्थाका अध्यक्ष ई. सूर्यनारायण यादवले दिएको जानकारी अनुसार कार्यक्रममा रामनारायण महतो, हरिदेव साह, हृदयनारायण महतो, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष गोपाल प्रसाद गुप्ता लगायतले कम्बल हस्तान्तरण गरेका छन् ।
क्लवद्वारा तिरहुत गाउँपालिकाको वडा नम्वर–५ भेडिया स्थित बनखण्डी मठ गुरुकुलमा अध्ययनरत २० जना बालबालिकालाई समेत विहीबारै कम्बल वितरण गरिएको छ ।