• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चोरी भएको २७ लाखको गहनासहित चार जना पक्राउ

चोरी भएको २७ लाखको गहनासहित चार जना पक्राउ

राजविराज, ३ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्व।र ३ बाट स्थित अन्जनी सुन चाँदी पसलबाट चोरी भएको करिब २७ लाखको सुनचाँदीको गहनासहित चार जनालाई सप्तरी प्रहरीले पक्राउ गरेका छन् ।
पसलको पर्खाल फुटाएर पसलमा चोरी भएको गहना सहित गिरोहलाई पक्राउ गरी बुधवार जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नम्वर– ४ का मुरली कुमार साह, छिन्नमस्ता गाउँपालिका वडा नम्वर ५ का सन्तोष कुमार साह सुनार, शत्रुधन साह सुनार र वडा नम्वर–४ महेश यादव रहेका छन् ।
मुरलीको किराना पसलमा खान तलासी गर्दा काँडाबाला हसुली २, काँडावाला चुरी २, काँडावाला चुरा २, बच्चाले लगाउने काँडाबाल चुरी ८, बच्चाले लगाउने सादा चुरा १२, महिलाले लगाउने पञ्चक ५, विभिन्न मोडेल र साइजको बाला ७, पायल झुनझुन मोडेलको १६, दुईहारे सिक्री २०, पाउजु ५१, ब्रासलेट १२, सिक्री थान ४५, चुरी ठूलो एक, सानो २, काटिएको बेरुवा एक, औंठी ४९, बिच्छी ४२, चकती १७, गणेश भगवानको मुर्ती एक, सिन्दुर क्याप एक, पैसा ठूलो ६, सानो ५, पुरानो लाम्चो सिक्का एक, सुनचाँदी तौल गर्ने मेसीन एक, चाँदीको रड ३, चाभी ४ र झोला एक थान बरामद गरिएको प्रहरी नायव उपरीक्षक धु्रव कुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार चोरी भएको नगद रुपैयाँबाट खरिद गरेको ना ४९ प १९०७ नम्वरको टिभिएस मोटरसाइकल बरामद गरिएको छ ।