• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

कृष्णासवरण गाउँपालिकाको सभा सम्पन्न

पाँच बर्षमा अग्नीसाइरलाई नमुना गाउँपालिका बनाउने संकल्प
कृष्णासवरण गाउँपालिकाको सभा सम्पन्न

बिरेन्द्र बजार, ३ माघ । आगमी पाँच बर्षमा नमुना गाउँपालिका बनाउने संकलपका साथ अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाको प्रथम गाउँ सभा बुधवार सम्पन्न भएको छ ।
अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीको अध्यक्षता तथा सप्तरी क्षेत्र नम्बर १ का सांसद डा. सुर्य नारायण यादवको प्रमुख आतिथ्यमा बुधबार एक भब्य समारोहका बीच गाउँसभा सम्पन्न भएको हो । गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ब्यवहारिक र सर्वोत्कृष्ट रहेको बताउँदै सांसद यादवले बजेट तथा नीत, कार्यक्रमलाई ईमान्दारिका साथ अक्षरशः कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
पुर्ब खेलकुद मन्त्री तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ क बाट निर्वाचित प्रदेशसभा सदस्य सत्य नारायण मण्डलले गाउँपालिको बजेटले समेट्न नसक्ने योजनाहरु प्रदेश र केन्द्र सरकारमा पठाउन आग्रह गरे । एक महिना भित्र देशले नयाँ सरकार पाउने दाबी गर्दै कार्यक्रमका विशिष्ट अतिथी समेत रहेको प्रदेश सभा सदस्य मण्डलले गाउँपालिकाले प्रस्ताब गरेको योजना कार्यान्वयन गर्न सहयोग पु¥याउने बताए ।
अग्नीसाईर कृष्णा सवरणको समृद्धिको आधार, कृषी, पर्यटन र भौतिक पुर्बधार भन्ने मुल नाराका साथ गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले आर्थिक बर्ष २०७४÷०७५को लागी २८ करोड, ६४लाख, १० हजार ८ सय ७० रुपैयाको बजेट कार्यक्रम प्रस्तुत गरे । सार्वजनिक गरिएको नीती तथा कार्यक्रमले कृषीको आधुनिक करण, एतिहाँसिक धार्मीक सम्पदाहरुको संरक्षण पर्यटन विकास र बाटो बिजुली र भवन लगायतका कार्यक्रमलाई बढी जोड दिईएको छ ।
कार्यक्रममा जिल्ला समवन्य समिती सप्तरीका प्रमुख प्रभाकर यादव, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य असर्फी सदा, अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत राजिव झा, पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, आदिबासी जनजाती जिल्ला समवन्य समिति सप्तरीका पुर्ब उपाध्यक्ष बेचन प्रसाद चौधरी, नेकपा एमाले सप्तरीका सचिवालय सदस्य बोधराज सुबेदी, नेपाली कांग्रेस सप्तरीका सदस्य भुबन आचार्यले बजेट तथा नीतीर कार्यक्रमको बारे आ—आफ्नो विचार व्यक्त गरे ।
यसैगरी कार्यक्रममा राजपाका सत्यनारायण चौधरी, साबिक सितापुर गाउँ विकास समितिका पुर्व अध्यक्ष बसन्त चौधरी, प्रसवनीका अध्यक्ष रामदेब यादव, हरिहरपुरका बद्री नारायण चौधरी, यूवा नेता दुर्गा भट्टराई लगायतकाले समेत मन्तब्य ब्यक्त गरे । अग्नीसाईर कृष्णा सवरण गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तेज नारायण यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत गाउँपालिका उपाध्यक्ष मिना चौधरीले गरिन् । कार्यक्रममा प्रमुख अतिथी यादव, विशिष्ट अतिथी मण्डल, पुर्व गाविस अध्यक्ष, उपाध्यक्ष, विभिन्न संघ सस्थाका प्रतिनिधीहरुलाई दोसला ओढाएर सम्मान गरिएको छ ।