• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विभिन्न कार्यक्रम आयोजना गरि मनाईयो भुकम्प सुरक्षा दिवस

भवन निर्माण आचार संहिताको पूर्ण पालनामा जोड
विभिन्न कार्यक्रम आयोजना गरि मनाईयो भुकम्प सुरक्षा दिवस

राजविराज, २ माघ । २० औ भुकम्प सुरक्षा दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय सप्तरी, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय र राजविराज नगरपालिका कार्यालयद्वारा मङ्गलवार चेतनामुलक ¥याली र सभाको आयोजना गरियो ।
राजविराज स्थित स्थानिय शिव मन्दिर प्राङ्गणबाट विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, स्थानिय तहका प्रतिनिधि, कर्मचारी, प्रहरी, सेना, पत्रकार लगायतको सहभागिता रहेको र्याली नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, सशस्त्र प्रहरी उपरीक्षक रामधार यादव, अनुसन्धानका एसपी देवराज लिम्वु, कोशीपीडित समाजका देवनारायण यादव, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका प्रमुख रमेश थिङ्ग, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झालगायतको सहभागिता रहेको थियो ।
¥याली पश्चात स्थानीय जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले भुकम्पले व्यापक जनधनको क्षति हुने गरेकाले यसबाट जोगिन सचेत रहनुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि समन्वय समितिका प्रमुख यादवले भुकम्प प्रतिरोधक घर निर्माण र भवन निर्माण आंचार संहिताको पूर्ण पालना गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादव, उप–मेयर साधना झा, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका इन्जिनियरद्वय संजिव कुमार साह, कमल भट्टराईलगायतले भूकम्प सुरक्षाबारे मन्तव्य व्यक्त गरे ।
यसैगरि कोशी पीडित समाज सप्तरीद्वारा समेत मङ्गलवार २० औं भूकम्प सुरक्षा दिवसको अवसरमा कार्यक्रम आयोजना गरियो । हनुमाननगर कंकालिनी नगरपालिका र वडा नम्वर–१३ मा भूकम्प सुरक्षित रहने तरिका तथा भूकम्प प्रतिरोधी घर निर्माणबाट कार्यक्रममा चर्चा गरिएको कोशी पीडित समाजका कार्यक्रम संयोजक ज्योतिश कुमार यादवले जानकारी दिएका छन् ।