राजविराज, १ माघ । चिसोबाट जोगिनकालागि धर्मी हल्फा महिला विकास क्लव लालापट्टीद्वारा जिल्लाको विभिन्न स्थानका २५ जना अनाथ बालबालिकालाई सोमवार कम्बल वितरण गरिएको छ ।
बेल्ही चपेना गाउँपालिका वडा नम्वर–६ ईनर्वा स्थित मदर्सा, जामिया उल्लुममा अध्ययनरत बालबालिकाहरुलाई कम्बल वितरण गरिएको हो । संस्थाका अध्यक्ष ई. सूर्यनारायण यादवले बालबालिकाहरुलाई कम्बल हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा मदर्साका पूर्व अध्यक्ष मो. आलम खाँ, हाजी युनुस खाँ, प्रधानाध्यापक मो. नइममुद्दिन खाँ, शिक्षक शमसाद खाँ समेतको विशेष उपस्थिति थियो ।
यसैगरी महदेवा गाउँपालिका–१ का २० जना विपन्न तथा दलित (मुसहर समुदाय)लाई समेत कम्बल वितरण गरिएको संस्थाका अध्यक्ष ई. यादवले जानकारी दिएका छन् ।