काठमाण्डौ, ३० पुस । नेपाल सरकारले स्थानिय तह कर्मचारीमा योग्यता र उमेरको हदबन्दी नलगाई समायोजन गर्ने माग राख्दै देशभरिका एक हजार भन्दा बढी समाजिक परिचालकहरुले काठण्माडौंमा आइतवार प्रदर्शन गरेका छन् ।
आन्दोलन परिचानलन समितिका संयोजक मनिष बिमलीको नेतृत्वमा निकालिएको जुलुस माईतीघर स्थित खुल्ला मैदानमा पुगी सभामा परिणत भएको थियो । सरकारले पुष १४ गते गरेको निर्णय सही नरहेको भन्दै अहिलेको समयमा सरकारले युवालाई रोजगार दिनुपर्नेमा बेरोजगार बनाउनु अनुचित भएको वक्ताहरुले बताएका छन् ।
नेपाल ट्र्ेड युनियन काँग्रेसका डिपी अर्यालले पनि सामाजिक परिचालकहरुको आन्दोलनमा सक्रिय रहेर सहयोग गर्ने बताए । यो निर्णयलाई चाँडो भन्दा चाँडो नसच्याए आफ्नो संगठनले समेत सामाजिक आन्दोलनमा सहयोग गर्दै सडक आन्दोलनमा उत्रिने बताए ।