• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अशक्त एवम् अपाङ्गलाई स्लीपर व्याग

राजविराज, ३० पुस शीतलहरले जनजिवन कष्टकर भईरहँदा जिल्ला दैवी प्रकोप उद्धार समितिद्वारा आइतवार सप्तरीका १ सय १५ जना अशक्त एवम् अपाङ्गलाई स्लीपर व्याग वितरण गरिएको छ ।
चिसोबाट बच्नकालागि राजविराजमा आयोजित एक कार्यक्रमका बिच अशक्त एवम् अपाङ्गलाई समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले स्लीपर व्याग वितरण गरिएको हो । गृहमन्त्रालयबाट उपलब्ध भएको दुई सय थानमध्ये अति अशक्त एवम् शारिरीक अपाङ्गता भएका व्यक्तिलाई वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । बाँकी रहेको स्लीपर ब्याग अवस्था हेरेर वितरण गरिने उनले जानकारी दिएका छन् ।
राहत वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगत, तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहरखेर, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेव कुमार मण्डल, समावेशी अपाङ्गता संघका अध्यक्ष सतिशचन्द्र झा, बौद्धिक अपाङ्ग संघका अध्यक्ष जगदिश अर्यालसमेतको सहभागिता रहेको थियो ।