राजबिराज, २२ पुस । सप्तरी युथ नेपालले सञ्चालन गरेको सरसफाइ अन्र्तगत ६९ हप्ताको सरसफाइ राजबिराज ४ स्थित मस्जिद टोलमा गरिएको छ ।
६९ औं हप्ताको सरसफाइको क्रममा सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादव फोहोर सफा गर्दै गर्दा सिसाले हात काटिएर रगत बग्न थालेपछि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गरिएको थियो । शनिवारनै सप्तरी युथ नेपालले नगरवासीलाई फोहोरको उचित व्यवस्थापनमा सहयोगकोलागि अपिल समेत गरेको छ भने सरसफाइ गर्ने युवाहरुलाई समेत सावधानी अपनाउन आग्रह गरेको छ ।
युवाको सरसफाइमा सप्तरी प्रदेश नम्वर २ को प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहले समेत सहभागिता जनाएका छन् । साहले युवाको सरसफाइमा आफै फोहोर सफा गरेर युवाहरुको मनोबल बढाएको सप्तरी युथ नेपालका सदस्य मिथिलेश यादवले बताए । राजबिराज ४ मा भएको उक्त सरसफाइमा राजबिराज वडा नम्वर ४ का वडा अध्यक्ष मोहमद अख्तरको समेत उपस्थिति थियो ।