राजविराज, २० पुस । विगत चार दिनयताको बढ्दो चिसोका कारण जनजीवन कष्टकर भएपछि सप्तरीका सामुदायिक विद्यालयहरु बन्द गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयको वुधवार बसेको बैठकले दुई दिनकालागि विद्यालय वन्द गर्ने निर्णय गरेको हो । जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेका अनुसार निरन्तरको शीतलहरले अत्यधिक चिसो बढेपछि बालबालिकाहरु बढी प्रभावित भएको छ । चिसोकै कारण कतिपय विद्यालयमा विद्यार्थी आउने क्रम घटेपछि बाध्य भएर विद्यालयमा विदा दिएको उनले बताए ।
सप्तरी जिल्लाभरीका ४१२ वटै सामुदायिक विद्यालय विहिवार र शुक्रवारका लागि बन्द गर्ने निर्णय भएको अधिकारी पाण्डेले जानकारी दिएका छन् । शीतलहरले गर्दा विहिवारसम्म सप्तरीमा कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भईसकेको छ ।