• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चिसोका कारण सप्तरीमा दुई जनाको मृत्यु

राजविराज, १९ पुस । विगत केही दिनयताको शीतलहर र बाक्लो हुस्सुले चिसो बढेपछि सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।
बढ्दो चिसोले दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएका छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ विरपुरका ३६ वर्षिय कुलदीप राय र सोही वडाको वरही टोलका ३५ वर्षिय रामदयाल रामको कठ्यांग्रिएर मृत्यु भएको हो । वडा अध्यक्ष विनोदकुमार यादवका अनुसार वडा अध्यक्ष यादवका अनुसार मजदुरी गरेर गुजारा चलाउँदै आएका रायको मंगलवार र रामको सोमवार कठ्यांग्रिएर मृत्यु भएको हो ।
जिल्लामा शितलहर र हुस्सु बढेसँगै सर्वसाधारणको जनजीवन कष्टकर बन्न पुगेको छ । चिसाले विपन्न, गरिब तथा दलित समूदायको जनजीवन अत्यधिक कष्टकर बन्न पुगेको छ भने बालबालिका तथा वृद्धवृद्धाहरु प्रभावित भएको छ ।
चिसोका कारण राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विरामीको चाप बढेको छ । चिसाका कारण सर्वसाधारण बिरामी पर्न थालेपछि अस्पतालमा विरामीको चाप बढेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. दयाशंकर लाल कर्णले जानकारी दिएका छन् ।
उनका अनुसार अस्पतालका प्रमुख मेसु डा.कर्णले कोल्ड डाइरिया, निमोनिया, दम तथा मुटु सम्वन्धि रोगका विरामीहरु दैनिक एक सय जना अस्पताल आउने गरेका छन् । विरामीको चाप बढेपछि अस्पतालमा भुइँमा राखेर विरामीहरुको उपचार भईरहेको उनले जानकारी दिएका छन् ।