• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘मधेश ईन्जिनियर्स एसोसिएशन’को अध्यक्षमा संजिव

‘मधेश ईन्जिनियर्स एसोसिएशन’को अध्यक्षमा संजिव

वीरगञ्ज, १७ पुस । पर्साको विरगञ्जमा सम्पन्न देशका विभिन्न प्रदेशमा बस्ने मधेशी ईन्जिनियर्सहरुको अग्रसरतामा सम्पन्न भेलाले ‘मधेश ईन्जिनियर्स एसोसिएशन ’ गठन गरेको छ ।
भेलाले सप्तरीका संजिव नारायण यादवको अध्यक्षतामा मधेश ईन्जिनियर्स एसोसिएशन गठन गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा बाराका मनिष प्रसाद केशरी, उपाध्यक्षमा बिराटनगरका हिरा यादव र सप्तरीका ओम नारायण यादव चयन भएका छन् भने महासचिवमा राजविराजका बिमलेश यादव, सह–महासचिवमा सिरहाका दिपेन्द्र मेहता चयन भएका छन् ।
यसैगरी सचिवमा वीरगञ्जका दिपक चौरसिया, सह–कोषाध्यक्षमा जनकपुरका संजिव कुमार रोय र मिडिया संयोजकमा भूपेन्द्र कुमार मिश्रा चयन भएका छन् भने कोषाध्यक्ष हाललाई खाली राखिएको छ । १५ सदस्यीयय कार्यसमितिको सदस्यमा लहानका विनोद अधिकारी,महोत्तरीका सर्वेश कुमार यादव, गोलबजारका अजय कर्ण, सप्तरीका ब्रहमदेव यादव, कुन्दन दत्त, जितेन्द्र साह, जितेन्द्र कुमार मण्डल, निर्मल देव, सरोज कुमार यादव,सप्तरीका रामकिशोर यादव, योगेन्द्र कुमार यादव, विकास देव, मनोज यादव, मञ्जय यादव र सुनसरीका बिनोद मण्डल रहेका छन् ।
सल्लाहकारमा जनकपुरका अविनाश कुमार मण्डल, सिरहाका जयनाथ यादव, राजविराजका सतिश सिंह, बिराटनगरका प्रभुलाल अगरिया, सप्तरीका बलराम यादव र शैलेन्द्र चौधरी रहेका छन् । नव स्थापित संस्थाले मधेश र मधेशी जनताकोलागि आवाज उठाउने र मधेशीहरू बिच सूचना, सहयोगको आदान प्रदान गरेर समृद्ध बनाउन सहयोग गर्ने जनाएको छ । मधेशी ईन्जिनियर्स स्टूडेन्ट यूनियन (मेसु) को अध्यक्ष पदबाट संजिव नारायण यादव राजिनामा गर्दे केही दिन भित्रै मेसु संस्थाको पूनर्गठन गर्ने मधेशी ईन्जिनियर्स स्टूडेन्ट यूनियन (मेसु)का कार्यवाहक अध्यक्ष सुधिर कुमार मण्डलले जानकारी दिएका छन् ।