• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीबाट प्रदेश सभा सदस्यमा ६ जना

राजविराज, १५ पुस । संघीय समाजवादी फोरम नेपालले चयन गरेको प्रदेश सभा सदस्यहरुको सूचीमा सप्तरीबाट उपमा देवको नाम समेत पर्न सफल भएको छ ।
कुल १३ जना सदस्यहरुमध्ये पदाधिकारी बैठकले सप्तरीकी देवलाई प्रदेश नम्वर २ को प्रदेश सभा सदस्यमा चयन गरेको हो । उनी विगत एक दशकदेखि महिला अधिकारका साथै मधेश आन्दोलनमा सक्रिय रहँदआएकी छिन् । फोरमले प्रदेशसभा सदस्यका लागि समानुपातिकमा रामचन्द्र लिम्बु बाहेक १२ जना महिला नेताहरुकै नाम प्रदेश सभा सदस्यमा चयन गरेको छ ।
प्रदेश नम्वर १ मा झापाका रामचन्द्र लिम्बु, सुनसरीकी रामकुमारी यादव, प्रदेश नम्वर २ बाट सर्लाहीकी चन्चमाया मोक्तान, पर्साकी करिमा बेगम, पर्साकै भिमा यादव, सर्लाहीकी सीमा सिंह, बाराकी उषाकुमारी यादव, सप्तरीकी उपमा देव, धनुषकी विन्दु कुमारी यादव, धनुषाकी चमेली देवी दास, महोत्तरीकी किरण कुमारी यादव रहेकी छिन् । यस्तै प्रदेश नम्वर ५ बाट कपिलवस्तुकी गीता कुमारी श्रीवास्त, कपिलवस्तुकी गीता कुमारी श्रीवास्तव र दाङ्गकी लक्ष्मी चौधरी प्रदेश सभा सदस्यमा चयन भएकी छिन् ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट सप्तरीकी रुबी कुमारी कर्ण प्रदेश नम्वर–२ मा प्रदेश सभा सदस्यमा चयन भएकी छिन् । पार्टीले चयन गरेको सूचीमा सप्तरीबाट एक्लो उनको नाम चयन भएको छ । विद्यार्थी जिवनकालदेखि नै विसनपुर निवासी कर्ण कम्युनिष्ट राजनीतिमा सक्रिय रहँदैआएकी छिन् । विभिन्न आन्दोलनहरुमा सक्रिय भूमिका निभाएकी उनी संघर्षशील नेताको रुपमा चिनिन्छन् । माओवादी केन्द्रबाट प्रदेश नम्वर २ मा जगतप्रसाद यादव, महम्मद समीर, प्रमिलाकुमारी यादव र फुलियादेवी सदा प्रदेश सभा सदस्यमा चयन भएकी छिन् ।
यस्तै राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्वर २ को प्रदेश सभा सदस्यमा सप्तरीकी पूनम कुमारी यादवको नाम चयन गरेको छ । सप्तरीको डिमन स्थायी घर भई राजविराज नगरपालिकामा अस्थायी वसोवास गर्दैआएकी उनी गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा शुरुवात गरेकी थिईन् ।
अधिकारप्राप्तिका लागि भएको पटक–पटकको मधेश आन्दोलनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएकी थिईन् । जिल्लामा महिला अधिकार, मानव अधिकार, महिला सशक्तिकरण, समाजसेवा लगायतका क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रदेश नम्वर २ को सदस्यमा चयन भएकी छिन् सप्तरीकै प्रमिला कुमारी यादव । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवकी बुहारी प्रमिला राजनीतिमा खासै सक्रिय रहेको छैन ।
यस्तै नेकपा एमालेबाट सप्तरीकै डा. मनोज कुमार सिंह समेत प्रदेश सभा सदस्यमा चयन भएका छन् । उनी नेपालका प्रथम गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहका जेठो छोरा हुन् ।
यसैगरी नेपाली कांग्रेसबाट सप्तरीकी गीता कुमारी यादव प्रदेश सभा सदस्यमा चयन भएकी छिन् । नेपाली कांग्रेसमा निक्कै सक्रिय रहँदैआएकी आएकी उनी लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निभाएकी थिईन् ।