• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा ‘लाठी मेरो साथी अभियान’

राजकुमार पासवान
कञ्चनरुप, १५ पुस । प्रतिनिधिसभा सदस्य सांसद डा. सूर्यनारायण यादवले हात्ती आंतक नियन्त्रणका लागि जनदवाव दिनुपर्ने बताएका छन् ।
दलित सरोकार मञ्च नेपालले शनिबार कञ्चनरुप नगरपालिकामा ‘लाठी मेरो साथी अभियान’ अन्तर्गत जेष्ठ नागरिकलाई टोपी, लाठी र दोसल्ला वितरण कार्यक्रम प्रमुख अथिति यादवले यस्तो कुरा बताएका हुन् । उनले भने ‘म फरक कार्यक्षेत्रबाट आएको व्यक्ति हुँ ,तर पनि मलाई जनताले अपार सम्मान गरेर विजयी बनाएकोले इमान्दारितापूर्वक जनताको काम गर्छु ।’
कार्यक्रमका विशिष्ठ अथिति कञ्चनरुप नगरपालिका मेयर वसन्तुकुमार मिश्राले नगरपरिषद सम्पन्न भएपछि विकास निमार्णले गति लिने बताएका छन् । बितेको चार महिनामा हात्ती आंतक, वनको समस्या, शिक्षा र स्वास्थ्यमा रहेको समस्या र त्यसको निवारणबारे छलफल गरेको मेयर मिश्रले बताए । आपूm जतिसुकै गाली खानु परे पनि नगरपालिकामा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली काग्रेसका नेता ललन प्रसाद गुप्ता, संघीय समाजवादी फोरमका रामेश्वर यादव, राप्रपाका नारायणबहादुर मिश्र र वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहले मन्तव्य व्यक्त गरे । कार्यक्रममा लाठी मेरो साथी अभियानका अभियानकर्ता मनोज मिश्रले धन भएर मात्र नहुने मन सफा भयो भने निजीस्तरबाट पनि धेरै काम गर्न सकिने कुरा बताए ।
वृद्धअवस्थामा जेष्ठ नागरिकको वास्तविक साथी लट्ठी नै हुने भएकाले आपूmले यो अभियान सञ्चालन गरेको बताए । दलित सरोकार मञ्च नेपालका अध्यक्ष युक्तिलाल मरिकको अध्यक्षतामा भएको कार्यक्रम मञ्चका सदस्य बच्चु सरवरियाले सञ्चालन गरे । कार्यक्रममा लट्ठी, टोपी र दोसल्ला पाएका वृद्धवृद्धाहरुले खुशी व्यक्त गरेका छन् ।