• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा प्रादेशिक राजधानी हुनुपर्नेमा जोड

राजविराजमा प्रादेशिक राजधानी हुनुपर्नेमा जोड

राजविराज, १५ पौष । प्रदेश नम्वर २ को राजधानी राजविराजमा हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
सप्तरीको राजविराजमा शनिवार नागरिक सञ्जाल र वृहत नागरिक सञ्जालद्वारा आयोजित ‘प्रदेश नम्वर २ को राजधानी राजविराजमा’ विषयक विचार गोष्ठीका सहभागीहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले लोकतन्त्रप्राप्तिका लागि भएको हरेका आन्दोलनमा सप्तरीवासीको महत्वपूर्ण भूमिका रहेको भन्दै इतिहास जोगाउन राजधानी यही हुनुपर्नेमा जोड दिएका छन् ।
जिल्लाको समृद्धी, विकास र राजविराज राजधानी हुनुपर्ने विषयमा एमाले पार्टीको पूर्ण सहयोग र साथ रहने प्रतिवद्धता समेत व्यक्त गरे । जिल्लाको समृद्धी र विकासकाका लागि पनि प्रदेशको राजधानी राजविराज हुनुपर्नेमा आवश्कता औंल्याए ।
नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनितिक दल आवद्ध नेता, कानून व्यवसायी, वुद्धिजीवी, नागरिक अगुवा लगायतले समेत राजविराज प्रदेश नम्वर २ को राजधानी हुनुपर्नेमा जोड दिए ।