• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सक्षम फाउण्डेशन नेपालको सद्भावना दुतमा प्रिया रानी लामा

सक्षम फाउण्डेशन नेपालको सद्भावना दुतमा प्रिया रानी लामा

काठमाडौं, १५ पुस । दैवी प्रकोपमा परेकाहरुलाई उद्धार तथा सहयोग गर्ने उद्देश्यले स्थापित सक्षम फाउण्डेशन नेपालले शनिबार भक्तपुर कमलविनायकको सरस्वती स्कुलमा रक्तदान कार्यक्रम आयोजना गरियो ।
उक्त कार्यक्रममा सय जना भन्दा बढीले रक्तदान गरेको सक्षम फाउण्डेशन नेपालका अध्यक्ष डा. सि.के सिंहले जानकारी दिएका छन् । संस्थाले प्राकृतिक प्रकोपमा परेकाहरुलाई सहयोग गर्ने, गरिब तथा दलित समुदायलाई स्वास्थ्य र शिक्षामा सक्दो सहयोग गर्ने, विभिन्न रोगले पीडित भएका गरिब बस्तीमा नि–शुल्क स्वास्थ्य शिविर संचालन गर्ने जस्ता कार्य गर्दै आएको छ ।
फाउण्डेशनले नेपाल १ टेलिभिजनकी कार्यक्रम सञ्चालिका तथा मिस पूर्वाञ्चल समेत भईसकेकी नायिका प्रिया रानी लामालाई सद्भावना दुतको रुपमा नियुक्त गरेको छ । उक्त समारोहमा सक्षम फाउण्डेशन नेपालका अध्यक्ष डा. सि.के. सिंहले सद्भावना दुतको नियुक्ति प्रमाण पत्र नायिका तथा मोडल प्रिया रानी लामालाई प्रदान गरिएको छ । उनले विभिन्न फिल्म तथा म्यूजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन् ।
फाउण्डेसनका महासचिव कुमार भाष्करको अध्यक्षता तथा चलचित्र निर्माता तथा समाजसेवी शान्ता ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको अतिथिहरुमा नायिका उषा लिम्बु ,अभिनेता कृष्ण सापकोटा, नेपाल रेडक्रसकी सुवर्ण अबलको उपस्थिति थियो । कार्यक्रमको सहजिकरणको भूमिका विकेश मल्लले गरे भने व्यवस्थापन नविन साहले गरेको थियो । कार्यक्रममा सहयोगी निकायका प्रतिनिधीहरु, नागरिक समाज, किशोर–किशोरी, सञ्चार क्षेत्र लगायतका करिब तीन सय भन्दा बढी व्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
उक्त अवसरमा प्रिया रानी लामाले आफू डा.सी.के सिंहको समाजसेवाबाट प्रेरित भई यो संस्थामा आबद्ध भएर सक्दो समाज सेवा गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । सक्षम फाउण्डेसनका अध्यक्ष सिंहले यो संस्थाले निरन्तर निःस्वार्थ भावनाले गरिब, दलितको हकहितमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको डा. सी.के. सिंहले जानकारी दिएका छन् ।