• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजनीतिक चेतना नहुँदा तामाङ पछाडिः गोले

राजनीतिक चेतना नहुँदा तामाङ पछाडिः गोले

बिरेन्द्र बजार १५ पुस । नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले राजनैतिक चेतना नहँुदा तामाङ पछाडि परेको बताएका छन् ।
नेपाल तामाङ घेदुङ सप्तरीको अग्नीसाईर कृष्णा सवरणमा शनिबार सम्पन्न बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक नजान्दा तामाङ समुदायको जिवनस्तरमा परिवर्तन आउन नसकेको बताउँदै उनले भने ‘तामाङ राजनिती नगरेर पछाडि परेको हो, तामाङले अब राजनीतिमा आउनुपर्छ ।’
तामाङ समुदायको आर्थिक अवस्था उकास्न घेदुङ बहुउदेश्यीय सहकारी संस्था सञ्चालनमा ल्याएको जानकारी दिदै उनले साँस्कृतिक र राजनीतिलाई जोड्नुपर्नेमा जोड दिँदै देशभरका तामाङ समुदाय सहकारीमा आबद्ध हुनुपर्ने आवश्यकता औंल्याए । यसबर्षको सोनाम ल्होछार तामाङ क्यालेण्डर अनुसार फागुन ४ मा भएको स्पष्ट पार्दै माघ ४ मा सम्वत नफेरिने भएकोले तामाङ सम्बत अनुसार ल्होछार मान्न अध्यक्ष गोलेले आग्रह गरे ।
यसै बिच फागुन ४ गते सोनाम ल्होछार मनाउने निर्णय गर्दै घेदुङ सप्तरीले १५ सदस्य २८५४ औ ल्होछार तयारी समिति गठन गरेको छ । जिल्ला अध्यक्ष सन्तमान गोलेको संयोजकत्वमा गठित समितीका सदस्यहरुमा सुर्यमान सिंदन, जनक बम्जन, कर्ण बहादुर मोक्तान, जय मोक्तान, एजेट लामा, पुर्ण बहादुर पाख्रिन, जित बहादुर पाख्रिन चयन भएका छन् ।
यसैगरी अन्य सदस्यहरुमा गोपाल घिसीङ, तिर्थ बहादुर मोक्तान, बीर बहादुर योन्जन, सुर्यमान गोले, भक्त बहादुर लो, अशोक योजन, राम बहादुर योन्जन रहेका छन् । यसैगरी बैठकले केन्द्रीय सदस्य एबम सप्तरी जिल्ला ईन्चार्ज भिम घिसीङको नेतृत्वमा पुर्ब केन्द्रीय सदस्यहरु मेख बहादुर बम्जन, खड्ग बहादुर योन्जन र आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ सम्मिलित अनुगमन तथा सल्लाहकार समिति समेत गठन भएको नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ ।