• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जनकपुरकी काजल झा रोट्रयाक्ट मिस पपुलर घोषित

जनकपुरकी काजल झा रोट्रयाक्ट मिस पपुलर घोषित

राजविराज, १४ पुस । अन्तर्राष्ट्रीय सामाजिक संस्था रोटरी ईन्टरनेशनल अन्तर्गत काठमाण्डौमा सम्पन्न रोट्रयाक्ट २०१७ मा जनकपुरकी काजल झा (भूमिजा मैथिल) मिस पपुलर घोषित भएकी छिन् ।
हालै सम्पन्न प्रतियोगितामा टप फाइव हुँदै उनी मिस पपुलर २०१७ घोषित भएकी हुन् । देशैभरिका २ सय २१ रोट्रयाक्ट क्लवहरुमध्येबाट दुई सय १८ देखि ३० वर्षमुनिका दुई सय पुरुष र महिलाहरु सहभागी भएका थिए । जसमध्ये भएको विभिन्न राउण्डहरु पार गर्दै टप फाइवमा पुगी रोट्रयाक्ट २०१७ मिस पपुलर घोषित भएकी छिन् ।
सुनसरीको धरानमा बिएससी एमआइटी दोस्रो वर्षमा अध्ययनरत काजल दर्शकहरुको मन जित्दै मिस पपुलरको उपाधी भएकी छिन् । धनुषाको निगौल–२ हाल जनकपुर पिडारी चौक निवासी उनी सानैदेखि अध्ययन अतिरिक्त श्रृनात्मक क्रियाकलापमा सक्रिय रहँदैआएकी छिन् ।
आम दर्शकहरुका बिच बोल्ने अवसर पाउँदा काजल मैथिली भाषामा शुरु गरेर नेपाली हुँदै अंग्रेजी भाषामा बोलेर मन्तव्य अन्त्य गरेकी थिईन् । समाजसेवा गर्ने सोचका साथ अगाडि बढिरहेकी उनले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । रोट्रयाक्ट २०१७ मिस पपुलर घोषित भएपछि अगाडि बढ्न आफु थप उत्साहित भएको ‘न्यूज टुडे’सँगको कुराकानीका क्रममा बताईन् ।