राजविराज, ११ पुस । बाढीबाट प्रभावित सप्तरीको विभिन्न स्थानिय तहका बाढी पीडित एक सय बालबालिकाहरुलाई क्रेस नेपाल सप्तरीले आर्थिक सहयोग प्रदान गरेको छ ।
युनिसेफको सहयोग तथा महिला बालबालिका कार्यालय सप्तरीको संयोजनमा क्रेस नेपालले जिल्लाको बाढी प्रभाबित क्षेत्रका एक सय बालबालिकाहरुलाई प्रति विद्यार्थी रु.५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो । बाढी प्रभाबित सप्तरीको राजविराज नगरपालिका, हनुमाननगर कंकालनी नगरपालिका, बोदे बसाईन नगरपालिका, खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, कञ्चनरुप नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, तिरहुत गाउँपालिका, अग्निसाईर कृष्णासबरण गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, रुपनी गाउँपालिका, इटहरी बिष्णपुर गाउँपालिका बालबालिका एक सय बिद्यार्थीहरुलाई आर्थिक सहयोग प्रदान गरेको क्रेस नेपालका अध्यक्ष उपेन्द्र साहले जानकारी दिएका छन् ।
बाढी प्रभावित नगरपालिका र गाउँपालिका कार्यालयको सिफारिसको आधारमा बाढी पीडित बालबालिकाहरुलाई आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष साहले बताए ।