• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संविधान संशोधनको सुनिश्चितता भए मात्र सरकारमा जानेः महतो

संविधान संशोधनको सुनिश्चितता भए मात्र सरकारमा जानेः महतो

बीरगञ्ज, १० पुस । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधनको सुनिश्चितता भए मात्र सरकारमा जान सकिने बताएका छन् ।
सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले मधेसको जनताको भावनालाई कदर गर्दै निर्माण भएको फोरम राजपा गठबन्धनलाई मधेसी जनताले उच्च मनोबलका साथ मतदान गरेको हुनाले पवित्र गठबन्धनलाई अगामी दिनमा समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । मधेसको पक्षमा संविधान संशोधन नभए पुनः आन्दोलनमा जाने नेता महतोले बताए ।
गृह जिल्ला सर्लाहीबाट सिमरा हुँदै काठमाण्डौ जाने क्रममा सोमवार सिमरा विमानस्थलमा प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले धनुषा जिल्लाबाट नवनिर्वाचित सांसद एवं राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई दोसल्ला र फुलमालाबाट सम्मान एवं स्वागत गरेका छन् । पुर्व सभासद शैलदेवी महतो, राजपा केन्द्रिय सदस्य अनिल महासेठको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा प्रेस मञ्चका केन्द्रीय कोषाध्यक्ष एसएम जहाँगस्त, राजपाका केन्द्रीय सह–महासचिव नेजामुद्दिन समानी, केन्द्रीय सदस्य रम्भा मिश्रा, महिला नेतृ उषा श्रीवास्तव, प्रेस मञ्च पर्सा जिल्ला सचिव दिपक चौरसिया लगायतकाले महतोलाई समेत फुलमाला लगाएर सम्मान गरिएको छ ।