• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मधेशी पुत्र २ बाट ‘सीके राउत’ पात्र हटाउन निर्देशन (ट्रेलर हेर्नुहोस्)

मधेशी पुत्र २ बाट ‘सीके राउत’ पात्र हटाउन निर्देशन (ट्रेलर हेर्नुहोस्)

राजविराज, १० पुस । अधिकारप्राप्तिका लागि भएको आन्दोलन तथा वर्तमान राजनीतिक अवस्थालाई मूल विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र मधेशी पुत्र २ माथि केन्द्रीय चलचित्र जाँच समितिले रोक लगाएको छ ।
गत पुस ५ गते समितिले जाँच गरी केही दृष्य, सम्वाद, प्रसङ्ग ईत्यादीमाथि रोक लगाएको हो । समितिले चलचित्रका केही सम्वादलाई म्युट गर्नुपर्ने, टाउकोमा गोली हानेको, छक्का, घण्टा, सीके राउत पात्रको भुमिका र प्रसङ्ग पूर्ण रुपमा हटाउनु पर्ने निर्देशन दिईएको छ । समितिले गरेको निर्देशन गरेको दृष्यहरु सुधार गरी पुनः जाँचका लागि पेश गर्न निर्देशन दिएका छन् ।
यस अघि नेपाली चलचित्र भैरवमा मधेशी नेता तथा समुदायलाई होच्चयाउने सम्वाद हुँदा पनि केन्द्रिय चलचित्र जाँच समितिले कुनै अवरोध पुर्याएको थिएन । मधेशी पुत्र २ लाई सिके राउत नामक पात्र हटाउनु पर्ने कारण उल्लेख नभएको पत्रमा फिल्म निर्माता कम्पनीले मधेशी भएकै कारण जाँच समितिले चलचित्रलाई रोक लगाएको निर्माता, निर्देशक एवम् नायक निराजन मेहता ‘मञ्जित’ले जानकारी दिएका छन् ।
नेपाली र भोजपुरी दुई भाषामा निर्माण गरिएकोे मधेशी पुत्र–२ मा निराजन मेहता, निशा घिमिरे, ध्रुब कोइराला, मनोज राउत, साहिल साह, सचेन्द्र सरदार, प्रविन लाभ, देव यादव, कमल मण्डल, पुष्पा पाण्डेय लगायतको मुख्य अभिनय रहेको निर्माता उदितनारायण साह ‘अरुण’ले जानकारी दिएका छन् । द्वन्द्व एन.बी. महर्जनको रहेको छ भने छायाङ्कन रवि कोइरालाले गरेका छन् । रोहित, प्रमोदको सङ्गीत तथा भागवत मण्डल, अन्जु यादव लगायतका गायक गायिकाहरुको सुमधुर स्वर रहेको छ । उक्त चलचित्रको गीतहरुमा भागवत मण्डल, अन्जु यादव, पारसमणी मुख्य स्वर रहेको छ ।
युटुब मार्फत ओएसआर च्यानबाट केही महिना अघि मात्र उक्त चलचित्रको ट्रेलरहरु सार्वजनिक भएको थियो । हालै मात्र मधेशी पुत्र–२ को ‘हम दिवाना हई तोहर‘बोलको गीत ‘मधेश दर्पण’ युटुब च्यानलबाट सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायिका अन्जु यादव र पारसमणीको स्वर रहेको छ । चलचित्रको निर्माण तथा सम्पादन कार्य सम्पन्न भईसके पनि फाल्गुनको पहिलो सातादेखि राजधानीसहित देशैभभरी प्रदर्शनमा आउने लक्ष्य राखिएकोमा उक्त चलचित्रमाथि केन्द्रीय चलचित्र समितिले आपत्ति जनाउँदै रोक लगाएको छ ।