राजविराज, ९ पुस । राजविराज नगरपालिका वडा नम्वर ५ का वडा सदस्य पार्थो सरकारको विशेष पहलमा स्थानीय एक बालिकाले निःशुल्क शिक्षा पाउने भएको छ ।
प्रमिला देवी साफीको नातिनी तथा राजेश साफीको ४ वर्षिय छोरी लक्ष्मी साफीलाई राजविराज स्थित शिब्स ईन्टरनेशनल सेकेण्ड्री बोर्डिङ्ग स्कूलले निःशुल्क पढाउने भएको हो । आर्थिक अभाव तथा बालिकाका बुवा राजेश मानसिक अवस्था बिग्रेका कारण कुनै कार्य गर्न असमर्थ रहेकोले छोरी विद्यालय जानबाट बञ्चित रहेको अवस्थामा उक्त विद्यालयले कक्षा १० सम्म निःशुल्क पढाउने प्रतिवद्धता विद्यालयका संस्थापक प्रिन्सिपल नरेशप्रताप साहले प्रतिवद्धता व्यक्त गरेका छन् ।
बालिकालाई विद्यालयमा भर्ना गर्ने वातावरण मिलाउनमा सोही विद्यालयको मण्टेश्वरीका को–अर्डिनेटर संदिप मण्डलले सहजिकरण गरेको युवा नेता पार्थो सरकारले जानकारी दिएका छन् ।