• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अग्नपीपीडितलाई धर्मीहल्फाको सहयोग

राजविराज, ९ पुस । आगलागीमा सर्वस्व गुमाएका सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर–५ स्थित बसबिट्टीका अग्नीपीडित परिवारलाई धर्मी हल्फा महिला विकास क्लव लालापट्टीद्वारा राहत वितरण गरिएको छ ।
अग्नीपीडित लक्ष्मण यादवको परिवारलाई आइतवार राहत सामग्री वितरण गरिएको हो । संस्थाका अध्यक्ष ई. सूर्यनारायण यादवले अग्नीपीडित यादवलाई त्रिपाल–१ थान, धोती २ थान, साडी २ थान, बेडसिट २ थान, झूल एक थान, थाल ४ थान, गिलास ४ थान, डेक्ची, कराही, पन्यु एक–एक थान राहत सामग्री उपलब्ध गराईएको छ ।
गत मंसिर २९ गते आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो । राहत वितरण कार्यक्रममा स्वास्थ्य चौकी बसबिट्टीका हेल्थ असिस्टेन्ट ममता यादव, स्वास्थ्यकर्मी गुन्जेश्वर यादव र सतिश यादवसमेतको उपस्थिति थियो ।