• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको राजविराजमा १५ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सुरु (फोटो फिचर)

सप्तरीको राजविराजमा १५ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सुरु (फोटो फिचर)

राजविराज, ७ पुस । सप्तरीको राजविराजमा १५ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन शुक्रवार सुरु भएको छ । मैथिली साहित्य परिषद् राजविराजको आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनको प्रमुख अतिथी नागरिक उड्डयन तथा संस्कृति पयर्टन मन्त्री जितेन्द्र नारायण देवले उद्घाटन गरेका छन् ।
उद्घाटन गर्दै मन्त्री देवले मुलुकमै दोश्रो भाषाको रुपमा बोलिने भाषा नै मैथिली रहेकोले मैथिली साहित्यको संरक्षण र संवद्र्धनमा जोड दिएका छन् । उनले मैथिली भाषा संरक्षण र संवद्र्धनका लागि आफु आफ्नो स्तरबाट हर सम्भव सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
सम्मेलनमा मैथिली भाषाको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई सुव्यवस्थित रुपमा विस्तार तथा भाषाको संरक्षण–सम्वद्र्धन बारे गहन छलफल हुने सम्मेलन मूल आयोजक समितिका संयोजक शुभचन्द्र झाले जानकारी दिए । उनका अनुसार प्रदेश नं.२ मा मैथिली भाषालाई कामकाजको भाषा बनाउने लगायतका प्रमुख विषयमा सम्मेलनबाट छलफल पश्चात अन्त्यमा घोषणा पत्र समेत सार्वजनिक हुनेछ ।
सम्मेलन समितिका संयोजक झाकै अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलनका संस्थापक महासचिव वैद्यनाथ चौधरी (वैजु), अन्तर्राष्ट्रिय मैथिली सम्मेलनका नेपाल प्रभारी एवम् मैथिली भाषाका अभियानी रामभरोस कापडी (भ्रमर), वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डल, मैथिली समाज नेपाल बुटवलका अध्यक्ष मुखिलाल चौधरी, डा. रेवतीरमण लाल, डा. दिपक झा, मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष अशोक झा, भारतका मैथिली अभियानी डा. वचकुन पासवान लगायतले पनि मैथिली भाषा र संस्कृतिको जर्गेनामा जोड दिएका छन् ।
आयोजक समितिका सचिव श्यामसुन्दर यादवले सञ्चालन गरेको कार्यक्रममा मैथिली भाषा, संस्कृती र कलाको महत्व झल्कीने सदेशंमुलक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुति गरिएको थियो । सम्मेलन स्थलमा मैथिली भाषाका विद्धान लेखकहरुद्वारा लेखिएको विभिन्न कृतिहरुको स्टलहरु राखि पुस्तक समेत विक्रि भईरहेको छ ।
उद्घाटन समारोहकै क्रममा मैथिली भाषा, संस्कृति र कला क्षेत्रमा योगदान पु¥याउने नेपाल र भारतका मैथिली अभियानीहरुलाई मिथिला रत्नबाट सम्मान समेत गरिएको छ । सम्मेलनमा नेपाल–भारत गरी करिब एक सयभन्दा बढी मैथिली अभियानीहरुको सहभागीता रहेको छ ।
यसअघि स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयबाट मिथिला संस्कृति र कला झल्किने झाँकीसहित सहभागीहरुले राजविराजको विभिन्न भाग परिक्रमा गरेका थिए ।