• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

वेपत्ता साथी खोजीको माग गर्दै छात्रछात्राद्वारा प्रदर्शन

वेपत्ता साथी खोजीको माग गर्दै छात्रछात्राद्वारा प्रदर्शन

राजविराज, ६ पुस । विगत एक महिनादेखि वेपत्ता रहेका आफ्ना साथीको खोजीको माग गर्दै सप्तरीको राजविराजस्थित लिटिल एन्जेल्स बोर्डिंग स्कूलका छात्रछात्राहरुले विहीवार प्रदर्शन गरेका छन् ।
राजविराज नगरपालिका वडा नम्बर १२ का १३ वर्षिय बालक मिथिलेश यादव गत मंसिर ८ गते वेपत्ता रहेका छन् । राजविराजस्थित लिटिल एन्जेल्स बोर्डिंग स्कूलमा कक्षा–६ मा अध्ययनरत छात्र यादवको सकुशल खोजी गर्न माग गर्दै छात्रछात्राहरुद्वारा निकालिएको जुलुश नगरको विभिन्न भाग परिक्रमा पश्चात जिल्ला प्रहरी कार्यालय समेत घेराउ गरेका छन् ।
सिंगियौन स्थित घर जाने क्रममा बीच बाटोबाटै बालक मिथिलेश सम्पर्कविहिन रहँदै आएका छन् । विद्यालयमा विदा भएपछि घर पुगेका उनी आफ्नै दिदीलाई पु¥याउन राजविराज वडा नम्बर १ स्थित डुमरी पुगेर शुक्रबार फिर्ता भएका थिए ।
साईकल चढेर घरतर्फ गइरहेको अवस्थामा बालक बिजली वेपत्ता भएको उनका भिनाजु सञ्जय कुमार यादवले जानकारी दिएका छन् । उनका अनुसार बालक सम्पर्क विहिन भएको विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा समेत उजुरी गराइसकिएको छ । यता पीडित परिवारले सम्पर्कविहिन बनेका बालकको खोजीका लागि पहल गरिदिन सम्बद्ध सबै पक्षसँग आग्रह गर्दैआएका छन् ।