राजविराज, ३ पुस । रुपनी गाउँपालिका स्थित कन्छु नरप्रताप माध्यमिक विद्यालयमा सोमवार विशेष टोलीले सम्भव परियोजना अन्तर्गत विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको अनुगमन गरेको छ ।
विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत उक्त विद्यालयमा सञ्चालित भलिबल प्रतियोगिताका बिजेता तथा उप–बिजेतालाई प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले पुरस्कार वितरण गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले यस्ता प्रतियोगिताले बालबालिकाहरुको शारिरीक तथा मानसिक रुपले समेत बलियो हुने र भविष्यमा खेलकुदको प्रयोगबाट ब्यवसायिक फाइदा समेत लिन सक्ने हुनाले यस्ता कृयाकलाप जिल्लाका अन्य विद्यालयहरुमा समेत विद्यालयले आफै समेत गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक राम उदगार यादव, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका कार्यवाहक अध्यक्ष श्यामसुन्दर यादव, जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत नवराज खड्का, जिल्ला शिक्षा कार्यालयका छवि खड्का, जिल्ला खेलकुद विकास समितिका महेन्द्र यादव, महिला तथा बालबालिका कार्यालयकी निर्मला रिजाल, सबल नेपालकी अध्यक्ष जुना गिरी, वडा अध्यक्ष पिताम्वर यादव लगायतको उपस्थिति थियो ।
विद्यालयका प्रधानाध्यापक परशुराम यादवको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमबारे विस्तृत जानकारी रेष्टलेस डेभोलोपमेन्टका धिरेन्द्र चौधरीले दिएका छन् । कार्यक्रम सञ्चालन सम्भव परियोजनाका सामाजिक परिचालक सुदिप यादवले गरे ।