राजविराज, ३ पुस । हलुवाई युवा समाज नेपाल नगर समितिद्वारा सोमवार सप्तरीको क्षेत्र नम्वर–२ बाट निर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान गरिएको छ ।
राजविराज स्थित आधारभूत विद्यालय थानगाछीमा आयोजित एक कार्यक्रमका बीच प्रदेश सभा सदस्यद्वय मनिष कुमार सुमन र शैलेन्द्र प्रसाद साहलाई सम्मान गरिएको हो । उनीहरुलाई सम्मानपत्र, दोसल्लासहित सम्मान गरिएको छ ।
सम्मान ग्रहण गर्दै नव निर्वाचित प्रदेश सभा सदस्यद्वयले शहिदको बलिदानीलाई खेर जान नदिन जस्तोसुकै परिस्थितिमा आफुहरु जिम्मेवार भएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । आमजनताको चाहना र आवश्यकतालाई बुझेर अधिकारप्राप्तिको संघर्षलाई समेत निरन्तरता दिईने प्रदेशसभा सदस्यद्वयले बताए । हलुवाई जातिको हक अधिकारकालागि समेत आफुहरुले काम गर्ने उनीहरुले प्रतिवद्धता दोहो¥याए ।
सोही कार्यक्रममा प्रमुख अतिथि हलुवाई समाज नेपालका केन्द्रीय अध्यक्ष शिवनारायण साह ‘सुरज’ले हलुवाई जाति शिक्षा क्षेत्रमा समेत अझैं पछाडि रहेको तथा राज्यको पहँुचबाट समेत टाढा रहेको बताए । परम्परागत पेशाप्रति आस्थावान हलुवाई जातिलाई जनजातिमा सूचीकृत गराउनकालागि पहल गरिदिनसमेत प्रदेशसभा सदस्यहरुको ध्यानाकर्षण गराएका छन् ।
युवा समितिका नगर अध्यक्ष सन्तोष साहको अध्यक्षतामा आयोजित कार्यक्रममा हलुवाई समाजका शत्रुृध्न प्रसाद साह, माध्यमिक विद्यालय रुपनगरका प्रधानाध्यापक दिगम्बर साहलगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन समाजका महासचिव महेश प्रसाद साह तथा स्वागत मन्तव्य विजय साहले गरे ।