• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जातीय विद्वेषले सद्भाव र विकासलाई कमजोर बनाउँछः अध्यक्ष यादव

जातीय विद्वेषले सद्भाव र विकासलाई कमजोर बनाउँछः अध्यक्ष यादव

राजविराज, १ पुस । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले तराई मधेशमा जातिय विद्वेष वढिरहेको भन्दै यसले सामाजिक सद्भाव र विकास दुवैलाई कमजोर बनाएको बताएका छन् ।
सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएपछि मतदाताहरुसँग भेंटघाटका क्रममा उनले शनिवार जिल्लाको तिलाठी–कोईलाडि गाउँपालिका स्थित लौनीयामा तराई मधेशका जिल्लामा जातिय घृणा र विद्वेष तिव्र रुपमा वढेको बताए । अन्य जातजातीलाई अपमानित र आफुलाई उच्चताको भाव प्रकट गर्ने चलनले सामाजिक एकता कमजोर भईरहेको भन्दै ब्यक्तिको सम्मान जातको आधारमा नभई गुणको आधारमा हुनुपर्ने बताए ।
महिलालाई मधेशमा अहिले पनि सामाजिक, राजनितिक लगायतका कार्यमा सहभागि नगराई कैदी जस्तो जिवन बाँच्न बाध्य पारिएको भन्दै अध्यक्ष यादवले जनसंख्याको आधा हिस्सा ओगटेका महिलाको हरेक क्षेत्रमा सहभागिता नभएसम्म विकासले गति लिन नसक्ने दावी समेत गरे ।