राजविराज, १ पुस । राजधोव महासंघ नेपाल–भारतद्वारा नेपालका विभिन्न जिल्लामा प्रदेश सभा सदस्य(विधायक) तथा स्थानीय तहको निर्वाचनमा निर्वाचित भएकाहरुलाई शनिवार राजविराजमा एक कार्यक्रम आयोजना गरि सम्मान गरिएको छ ।
सप्तरीको निर्वाचन क्षेत्र नम्वर १ को १ बाट प्रदेश सभा सदस्य(विधायक)मा निर्वाचित सत्यनारायण मण्डल र स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षसहितका पदहरुमा निर्वाचित तथा मनोनित भएका १८ जनालाई उक्त समारोहमा सम्मान तथा कदर पत्र प्रदान गरिएको हो । प्रदेश सभाको निर्वाचनमा नवनिर्वाचित विधायक मण्डललाई महासंघका अध्यक्ष भिखो माझी, माइनजन रघुराज मण्डलसहितकाले फुल, माला तथा अबीर लगाएर सम्मान गरिंदै कदर पत्र प्रदान गरिएको थियो ।
स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरुमा विजयी भएका क्रमशः भिमराज मण्डल, डोलेश्वर खड्गा, छेदी इसर, बिजली कापैर र विजयनारायण कापैरलाई सम्मान गरिंदै कदर पत्र प्रदान गरिएको छ ।
यसैगरी वडा सदस्यहरुमा निर्वाचित भएका गुणेश्वरप्रसाद सन्त, सञ्जय खड्गा, रामकिसुन मण्डल, शिवचरण मण्डल, खुशीलाल सन्त, पुष्पाकुमारी लौगी, सरितादेवी मण्डल र गितादेवी माझीलाई सोही समारोहमा सम्मान गरिएको छ ।
यसैगरी स्थानीय तहमा मनोनित भएका रामकरण इसर, ज्ञानेन्द्र इसर, देवकीदेवी विश्वास र लखन पैकरालाई समेत सम्मान गरिएको छ । राजधोव महासंघका अध्यक्ष भिखो माझीको अध्यक्षतामा सम्पन्न सम्मान समारोहमा स्वागत मन्तब्य जुगलकिशोर विश्वास र सञ्चालन हरिनारायण लौगीले गरे ।