राजविराज, १ पुस । सबल नेपालले सप्तरी जिल्लामा शौचालय निर्माण, खानेपानी तथा सरसफाईको क्षेत्रमा उदाहरणीय कार्य गर्दैआएको भन्दै कार्यक्रमका अतिथिहरुले प्रशंसा गर्दै थप जिम्मेवार भएर काम गर्न सुझाव दिएका छन् ।
उक्त संस्थाको राजविराज स्थित जेसिजमा शनिवार आयोजित १२औं साधारणसभामा शुभकामना दिँदै प्रमुख अतिथिसहित अतिथिहरुले यस्तो सुझाव दिएका छन् । ‘जकर घरमे चर्पी नै, तकर घरमे शादी नै’ भन्ने मूल नाराका साथ संस्थाले जिल्लामा सरसफाई अभियान थालेर खुला दिसामुक्त अभियानलाई उत्कर्षमा पुर्याएको भन्दै उनीहरुले प्रशंसा गरे । संस्थाद्वारा युवा सशक्तिकरण, बाल अधिकार, महिला सेचतना, अधिकार सहितका क्षेत्रमा काम गर्दैआएकोमा शुभकामना दिँदै अतिथिहरुले आगामी दिनहरुमा थप सशक्त भएर काम गर्न सुझाव दिएका छन् ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख डिई. लोकेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको उद्घाटन समारोहमा राजविराज नगरपालिकाका उप–मेयर साधना झा, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष शम्भुनन्द चौधरी, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, युएन ह्याबिट्याटका हरि बुढाथोकी, आरआरएनका दिनेश अर्याल, एसएनभीका कृष्ण जिसी, युनिसेफका अशोक झा, दातृनिकायका धीरेन्द्र चौधरी, कोशी पीडित समाजका ज्योतिष यादव, महिला तथा बालबालिका कार्यालय अनिता चौधरी, सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादव, युवा सञ्जालका अमर यादव, बाल क्लवका अध्यक्ष आशिष गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरे । समारोहमा संस्थाकी अध्यक्ष जुना गिरीले आथिक वर्ष २०७४को वार्षिक प्रतिवेदन तथा २०७४÷०७५ को वार्षिक कार्यक्रम प्रस्तुत गरिन् । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका निर्देशक दिपक कुमार झा तथा सञ्चालन आयुष श्रेष्ठले गरे ।