राजविराज, २८ मंसिर । गत साउनको बाढीले घरवार विहिन सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर–२ स्थित मयनाकडेरीका बाढीपीडितका लागि १८ वटा घर बनाइने भएको छ ।
रिलिजन फर पिस नेपालको सहयोग तथा सर्वोदय संस्थाको समन्वयमा उक्त घर निर्माण हुने भएको हो । बिहीबार एक कार्यक्रमका बीच रिलिजन फर पिस नेपालकी अध्यक्ष इन्दिरा मानन्धरले घरको शिलान्यास गरेका छन् । प्रति घर १ लाख ९४ हजारको लागतमा निर्माण हुने र एक महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको सहयोगी संस्थाका केन्द्रीय सदस्य नरेन्द्र पाण्डेले जानकारी दिएका छन् ।
घर निर्माण कार्यको शिलन्यास गर्दै अध्यक्ष मानन्धरले मानवीय पीडालाई मध्यनजर गरेर यस्तो कार्यमा सहयोग पु¥याउन पाएको भन्दै खुशी व्यक्त गरे । निर्माण कार्यमा स्थानीय स्तरबाट पु¥याउन सबैपक्षसँग आग्रह गरे ।
कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, सर्वोदय नेपालका अध्यक्ष काशीनाथ जोशी, अनन्तलाल धामी, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय, महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, आचार्य दिपेन्द्र ठाकुर, निरन नेपालका पं. बद्रीनारायण झा ‘विप्र’ धर्मोदय सभाका महेश चौधरी, सि–एफएमका शम्भु प्रसाद चौधरी समेतको उपस्थिति थियो ।