राजकुमार पासवान
कञ्चनपुर, २८ मंसिर । हात्तीको आक्रमणबाट मृत्यु भएका सप्तरी कञ्चनरुप नगरपालिका–१० का ६५ बर्षीय फुलुवा देवी यादवका परिवारलाई बुधवार पचास हजार रुपैयाँ सहयोग गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत जिविकोपार्जनमा सहयोगबाट पचास हजार रुपैयाँ हस्तारण मृत्यु फुलवा देवीका पति बिलेती तैथवार यादवलाई कोषका कार्यक्रम अधिकृत विरेन्द्र गौतमद्वारा कोशीटप्पु वन्यजन्तु आरक्षका निमित प्रमुख संरक्षण अधिकृत चुमन ठाकुर, बदगामा–जगतपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष तथा कोशी टप्पु मध्यवर्ती व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेकी रेणु साह र शत्रुमञ्जन गुल्मका गुल्मपति समेतको उपस्थितिमा रकम हस्तारण गरिएको छ ।
२०७४ मंसिर ११ गते सोमवार हाति आक्रमणबाट मारिएका कोशी गाउँपालिका,३ सुनसरीका ५५ बर्षिया बेचनी देवी सरदार, ४५ बर्षीय सेविया देवी सरदारको मृतकका परिवारलाई सोही कोषबाट पचास हजार रुपैयाँ हस्तारण गरिएको छ ।
पछिल्लो पटक मंसिर ११ गते कोशी गाउँपालिका,३ सुनसरीका ५५ बर्षिया बेचनी देवी सरदार, ४५ बर्षीय सेविया देवी सरदारको मृत्यु भएका छन् भन्ने मंसिर १२ गते कञ्चनरुप न.पा. १० कि ६५ बर्षीय फुलुवा देवी यादवनी हात्ती आक्रमणबाट मृत्यु भएको छ ।