राजविराज, २७ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–६ का अग्नीपीडितलाई बुधवार राहत वितरण गरिएको छ ।
धर्मी हल्फा महिला विकास क्लव लालापट्टीद्वारा अग्नीपीडित बनबाली रामको परिवारलाई नव निर्वाचित प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहले राहत सामग्री प्रदान गरेका हुन् । पीडित परिवारलाई त्रिपाल एक थान, धोती, साडी, बेडसिट, झुल दुई–दुई थान, थाल ३ थान, कराही, डेक्ची, पन्युसमेतका सामानहरु उपलब्ध गराईएको छ ।
पीडित परिवारको घरमै पुगेर उक्त सामग्रीहरु वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिएका छन् । राहत वितरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय सखडाका प्रहरी सहायक निरीक्षक कमल खत्री, स्थानीय सञ्चारकर्मी अशोक शर्मासमेतको उपस्थिति थियो ।