• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मधेशी पुत्र–२ फागुनमा प्रदर्शन हुनेः भिडियो गीत सार्वजनिक (भिडियो हेर्नुहोस् )

मधेशी पुत्र–२ फागुनमा प्रदर्शन हुनेः भिडियो गीत सार्वजनिक (भिडियो हेर्नुहोस् )

राजविराज, २६ मंसिर । मधेशी पुत्रको अपार सफलता पश्चात मधेशी पुत्र–२ आगामी फाल्गुनको पहिलो साताभित्रै रिलिज हुने भएको छ ।
अनुरागी फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको उक्त चलचित्रको मुम्बई स्थित आइ फोकस स्टुडियोमा सम्पादन कार्य समेत सम्पन्न भईसकेको लेखक एवम् निर्देशक समेत रहेका नायक निराजन मेहता ‘मञ्जित’ जानकारी दिएका छन् ।
मधेश आन्दोलन र मधेशको पृष्ठभूमीमा निर्माण भएको ‘मधेशीपुत्र’को सफलतापछि ‘मधेशीपुत्र–२’ निर्माण गर्न आफुहरु उत्साहित भएको निर्माता उदितनारायण साह ‘अरुण’ले ‘न्यूज टुडे’लाई बताए । फिल्ममा मधेशको वास्तविक अवस्था चित्रण गरिएको तथा चर्चित कलाकारहरुको उत्कृष्ट अभिनय समेत रहेकोले मधेशी पुत्र–२ लाई दर्शकहरुले औधी मन पराउनेमा आफु विश्वस्त रहेको निर्माता साहको विश्वास रहेको छ ।
नेपाली र भोजपुरी दुई भाषा निर्माण हुन लागेको मधेशी पुत्र–२ मा निराजन मेहता, निशा घिमिरे, ध्रुव कोइराला, मनोज राउत, साहिल साह, सचेन्द्र सरदार, प्रविन लाभ, देव यादव, कमल मण्डल, पुष्पा पाण्डेय लगायतको मुख्य अभिनय रहेको छ । द्वन्द्व एन.बी. महर्जनको रहेको छ भने छायाङ्कन रवि कोइरालाले गरेका छन् । रोहित, प्रमोदको सङ्गीत तथा भागवत मण्डल, अन्जु यादव लगायतका गायक गायिकाहरुको सुमधुर स्वर रहेको छ । उक्त चलचित्रको गीतहरुमा भागवत मण्डल, अन्जु यादव, पारसमणी मुख्य स्वर रहेको छ ।
युटुब मार्फत ओएसआर च्यानबाट केही महिना अघि मात्र उक्त चलचित्रको ट्रेलरहरु सार्वजनिक भएको थियो । हालै मात्र मधेशी पुत्र–२ को ‘हम दिवाना हई तोहर…बोलको गीत ‘मधेश दर्पण’ युटुब च्यानलबाट सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायिका अन्जु यादव र पारसमणीको स्वर रहेको छ । चलचित्रको निर्माण तथा सम्पादन कार्य सम्पन्न भईसके पनि फाल्गुनको पहिलो सातादेखि राजधानीसहित देशैभभरी प्रदर्शनमा आउने निर्देशक समेत रहेका नायक निराजन मेहता ‘मन्जित’ले जानकारी दिएका छन् ।

(भिडियो हेर्नुहोस् )