• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा फोरम र राजपाको वर्चश्वः समानुपातिकको मतगणना जारी

सप्तरीमा फोरम र राजपाको वर्चश्वः समानुपातिकको मतगणना जारी

राजविराज, २५ मंसिर । सप्तरी जिल्लाको सम्पूर्ण प्रतिनीधि सभा र प्रदेश सभाको अन्तिम मतगणना सार्वजनिक भएको छ ।
प्रतिनीधि सभातर्फ कुल ४ स्थानमध्ये २ स्थानमा संघीय समाजवादी फोरम नेपालले जित्न सफल भएको छ भने राष्ट्रिय जनता पार्टी नेपाल र नेपाली कांग्रेसले एक–एक स्थानमा जितेका छन् । प्रदेशसभातर्फ कुल ८ स्थानमध्ये राष्ट्रिय जनता पार्टी ३, संघीय समाजवादी फोरम नेपाल र नेकपा एमाले २÷२ तथा नेपाली कांंग्रेसले १ स्थान जित्न सफल भएका छन् ।
क्षेत्र नम्वर १ मा फोरमका डा.सुर्यनारायण यादवले २१,७१२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका अशोककुमार मण्डल ‘अमर’ले १८,२२५ मत प्राप्त गरेका छन् । क्षेत्र नम्वर २ मा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव २१,६२० मत प्राप्त गरी विजयी घोषित भएका छन् । विशाल मत अन्तरले विजयी भएका यादवको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका उमेशकुमार यादवले ११,५८० मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्वर ३ मा राष्ट्रिय जनता पार्टी नेपालका चन्द्रकान्त चौधरी २२,५८४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रसका दिनेशकुमार यादवले १९,४०१ मत प्राप्त गरेका छन् । यसैगरी सप्तरी क्षेत्र नम्वर ४ को प्रतिनीधि सभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन् । चौधरीले २४,११३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका मृगेन्द्र कुमार सिंह यादवले १४,८८६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका मो. ईस्लामले १४,३०५ मत प्राप्त गरेका छन् । निर्वाचित चौधरी यस अघि समेत २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका उनी वर्तमान सरकारका युवा तथा खेलकुद राज्यमन्त्री समेत हुन् ।
यस्तै प्रदेशसभातर्फ कुल ८ स्थानमध्ये राष्ट्रिय जनता पार्टी ३, संघीय समाजवादी फोरम नेपाल र नेकपा एमाले २÷२ तथा नेपाली कांंग्रेसले १ स्थान जित्न सफल भएका छन् । प्रदेशसभातर्फ क्षेत्र नं.१‘क’ र ४(क) मा नेकपा एमालेले विजयी हासिल गरेका छन् । यसैगरी, १(ख), २(ख) र ३(ख) मा राजपा तथा २(क) र ४(ख) मा फोरम विजयी भएका छन् ।
सप्तरी जिल्लाको क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश सभा १ मा सत्यनारायण मण्डल र २ मा नवल किशोर साह निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएका मण्डलले ११३०२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका राजकुमार लेखीले ९२५२ मत प्राप्त गरेका छन् । प्रदेश सभा २ मा साहले १३,६४७ मत प्राप्त गरी विशाल मत अन्तरका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बद्रीनारायण महात्मान यादवले ६,३३३ मत प्राप्त गरेका छन् ।
सप्तरी क्षेत्र नम्वर २ (क)बाट संघीय समाजवादी फोरम नेपालका शैलेन्द्र प्रसाद साहले १०,५७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी माओवादीका सरोज मण्डलले ७,५९३ मत प्राप्त गरी विजयी भएका छन् । क्षेत्र नम्वर २ (ख) मा राजपाका मनिष सुमनले ८,९३९ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका महेश यादवले ४,९८६ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्वर ३ (क)मा नेपाली काँग्रेसका मो. समिमले ११,६२८ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका दिनेशकुमार यादव ९,९७९ मत प्राप्त गरेका छन् । क्षेत्र नं.३ (ख) राष्ट्रिय जनता पार्टीका विशेश्वर प्रसाद यादवले १०,३२८ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भगवति प्रसाद यादवले ६२१२ प्राप्त गरेका छन् ।
सप्तरी क्षेत्र नम्वर ४(क) मा एमालेका गोविन्द न्यौपाने १५,११३ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सिताराम साहले ११,२९५ मत प्राप्त गरेका छन् । क्षेत्र नम्वर ४(ख) मा फोरम अभिषेक यादवले ९,६०५ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका विवेकानन्द झाले ७,३३६ मत प्राप्त गरेका छन् ।
प्रत्यक्षतर्फ प्रतिनीधि सभा र प्रदेश सभाको मतगणना सकिए पछि समानुपातिकतर्फको मतगणना कार्य थालिएको छ । प्राप्त जानकारी अनुसार मधेशवादी दलहरु नै अग्र स्थानमा रहेका छन् ।