• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जनताको साथमा रहेर सेवा गर्नेछुः साह

राजविराज, २५ मंसिर । सप्तरीको प्रदेश सभा २ (क) बाट आफुलाई प्रदेश सभा सदस्यमा अमूल्य मत दिएर विजयी गराउने सम्पूर्ण मतदाताप्रति संघीय समाजवादी फोरम नेपालका शैलेन्द्र प्रसाद साहले आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका छन् ।
प्रदेश सभा सदस्य यादवले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनमा आफुलाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गरेका हुन् । जनताले निर्वाचित गराएर यस क्षेत्रको विकासका साथै आफ्ना समस्याहरुको समाधान गर्ने जिम्मेबारी दिएको अनुभूती आफुलाई भएको जनाएका छन् । ‘यो अनुभूतिलाई हृदयंगम गर्दै हर क्षण यहाँहरुको साथमा रहने बचनबद्धता प्रकट गर्दछु’ साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ जनताका साथै हरेक सरोकारबालासँग निरन्तर सम्पर्क, सहकार्य गरी अघि बढिरहने विश्वास सम्पूर्ण मतदातालाई दिलाउन चाहन्छु ।’
प्रदेश सभा क्षेत्रको विकासका लागि आफू लागिरहने प्रतिबद्धता व्यक्त गर्दै यसका निम्ति क्षेत्रका जनता र सरोकारबालाले दिने सुझावलाई समेत ग्रहण गर्दै अघि बढिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी दिनमा यो क्षेत्रलाई समृद्ध बनाउन गरिने हरेक गतिविधीमा सबैको सहयोगको अपेक्षा समेत प्रदेश सभा सदस्य साहले व्यक्त गरेका छन् ।