• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश सभामा एमालेका सत्यनारायण र राजपाका नवल किशोर निर्वाचित

प्रदेश सभामा एमालेका सत्यनारायण र राजपाका नवल किशोर निर्वाचित

राजविराज, २५ मंसिर । सप्तरी जिल्लाको क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश सभा १ मा सत्यनारायण मण्डल र २ मा नवल किशोर साह निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट उम्मेदवारी दिएका मण्डलले ११३०२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका राजकुमार लेखीले ९२५२ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा २ मा साहले १३,६४७ मत प्राप्त गरी विशाल मत अन्तरका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बद्रीनारायण महात्मान यादवले ६,३३३ मत प्राप्त गरेका छन् । योसँगै सप्तरी जिल्लाको प्रतिनीधि सभा तथा प्रदेश सभाको मतगणना कार्य सम्पन्न भएको छ ।
प्रतिनीधि सभातर्फ कुल ४ स्थानमध्ये २ स्थान संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र नेपाली कांग्रेसले एक–एक स्थानमा जितेका छन् ।
यस्तै प्रदेशसभातर्फ कुल ८ स्थानमध्ये राष्ट्रिय जनता पार्टी ३, संघीय समाजवादी फोरम नेपाल र नेकपा एमाले २÷२ तथा नेपाली कांंग्रेसले १ स्थान जित्न सफल भएका छन् ।