• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी क्षेत्र नम्वर ४ मा तेजुलाल चौधरी विजयी

सप्तरी क्षेत्र नम्वर ४ मा तेजुलाल चौधरी विजयी

राजविराज, २४ मंसिर । सप्तरी क्षेत्र नम्वर ४ को प्रतिनीधि सभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन् ।
चौधरीले २४,११३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका मृगेन्द्र कुमार सिंह यादवले १४,८८६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका मो. ईस्लामले १४,३०५ मत प्राप्त गरेका छन् ।
निर्वाचित चौधरी यस अघि समेत २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए । उनी वर्तमान सरकारका युवा तथा खेलकुद राज्यमन्त्री समेत हुन् ।