• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
क्षेत्र नं. २ मा ससफोका उपेन्द्र विजयी
राजविराज, २३ मंसिर । सप्तरी क्षेत्र नं. २ मा संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । उहाँले २१ हजार ६ सय २० मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उमेशकुमार यादवले ११ हजार ५ सय ८४ मत प्राप्त गर्नुभएका छन् भने स्वतन्त्र उम्मेद्वार जयप्रकाश ठाकुरले ६ हजार ८ सय ५३ मत प्राप्त गर्नुभएका छन्  ।