• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी क्षेत्र नम्वर १ र २ मा फोरम, ३ र ४ मा कांग्रेसको अग्रता

सप्तरी क्षेत्र नम्वर १ र २ मा फोरम, ३ र ४ मा कांग्रेसको अग्रता

राजविराज, २२ मंसिर । सप्तरीको प्रतिनीधि सभा सदस्य क्षेत्र नम्वर– १ मा समेत संघीय समाजवादी फोरम नेपालका उम्मेदवार डा.सूर्यनारायण यादव २,७२३ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् । नेपाली कांग्रेसका रामदेव साह १,१२३ र नेकपा माओवादीका अशोक कुमार मण्डल ‘अमर’ ३६३ मत प्राप्त गरेका छन् ।
यस्तै क्षेत्र नम्वर २ मा संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै रहेको छ । मधेशी गठबन्धनका उम्मेदवार यादवले ५,२४४ मत पाएका छन् । माओवादी केन्द्रका उमेशकुमार यादवले २,७७९ मत प्राप्त गरेका छन् । यसैगरी, स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले २,४३१ मत पाएका छन् ।
यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्वर ३ को मतगणना परिणाम अनुसार नेपाली काँग्रेसका दिनेशकुमार यादव २,५६० मत प्राप्त गरेका छन् । नेकपा एमालेका ताराकान्त चौधरी ५१८ र राष्ट्रिय जनता पार्टीका चन्द्रकान्त चौधरीले २०८६ मत प्राप्त गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्वर ४ मा नेपाली काँग्रसका तेजुलाल चौधरी–४६९ राजपाका मृगेन्द्रकुमार सिंह यादव–४३६, नेकपा एमालेका मोह्मद इसलाम मियाँ–११४ मत प्राप्त गरेका छन् ।