• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा फोरम नेपालको अग्रता कायमै

राजविराज, २२ मंसिर । सप्तरीको प्रतिनीधि सभा सदस्य क्षेत्र नम्वर– १ मा समेत संघीय समाजवादी फोरम नेपालका उम्मेदवार डा.सूर्यनारायण यादव ५७२ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् । नेकपा माओवादीका अशोक कुमार मण्डल ‘अमर’ १८८ मत प्राप्त गरेका छन् ।
यस्तै क्षेत्र नम्वर २ मा संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै रहेको । मधेशी गठबन्धनका उम्मेदवार यादवले ३,३२२ मत पाएका छन् । माओवादी केन्द्रका उमेशकुमार यादवले १८१७ मत प्राप्त गरेका छन् । यसैगरी, स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले १७२७ मत पाएका छन् ।
यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्वर ३ को मतगणना परिणाम अनुसार नेपाली काँग्रसका दिनेशकुमार यादव ८०० मत प्राप्त गरेका छन् । नेकपा एमालेका ताराकान्त चौधरी ५१८ र राष्ट्रिय जनता पार्टीका चन्द्रकान्त चौधरीले ३७९ मत प्राप्त गरेका छन् ।