राजविराज, २२ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नं. २ मा संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् । मधेशी गठबन्धनका उम्मेदवार यादवले १ हजार ४२३ मतका साथ प्रतिनिधिसभा तर्फ अग्रता लिएका हुन् ।
शुक्रवार दिउँसो २ बजेदेखि सुरु भएको मतगणनाको हालसम्म प्राप्त परिणाम अनुसार १ हजार २३ मतका साथ माओवादी केन्द्रका उमेशकुमार यादव दोश्रो स्थानमा छन् । यसैगरी, स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुर तेश्रो स्थानमा छन् । ठाकुरको ७६२ मत छ ।