• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हात्ती र अर्नाको त्रास कायमैः ७ वर्षमा १७ जनाले गुमाए ज्यान

हात्ती र अर्नाको त्रास कायमैः ७ वर्षमा १७ जनाले गुमाए ज्यान

राजकुमार पासवान
कञ्चनपुर,१३ मंसिर । कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको हात्ती र अर्नाको आक्रमणमा विगत ७ वर्षमा १७ जनाको ज्यान गएको छ ।
वितेको ७ वर्षमा हात्तीको आक्रमणबाट १२ जना र अर्नाको आक्रमणबाट ५ जना गरि १७ जनाको मृत्यु भएको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा सुनसरीका वार्डेन श्यामकुमार साहले जानकारी दिएका छन् । आरक्ष क्षेत्रका सर्वसाधरण जनता आरक्षबाट आउने हात्ती, अर्ना, बँदेल र भैंसीबाट पीडित भइरहँदा कञ्चनरुप नगरपालिकाका जनप्रतिनीधिहरुले अल्पकालिन तथा दिर्धकालिन रुपमा समस्या समाधान गर्नेतर्फ वृहत्त छलफल गरेको थियो । चुनावका समयमा भोट माग्न आउँदा कोशी टप्पुको जमिन नै दर्ता गरिदिनेसम्मको प्रलोभन दिएर भोट लिएका नेताहरु वर्षौदेखि दैनिक रुपमा हजारौं जनता पीडित हुँदा मौन रहेको स्थानीयहरु भनाई रहेको छ ।
पछिल्लो पटक मंसिर ११ गते सोमवार कोशी गाउँपालिका,३ सुनसरीका ५५ बर्षिया बेचनी देवी सरदार,४५ बर्षीय सेविया देवी सरदारको मृत्यु भएको छ भन्ने मंगलवार राती ७ः४५ बजेको समयमा सप्तरीको बदगामा ३ हाल कञ्चनरुप नगरपालिका १० कि ६५ बर्षिया फुलुवा देवी यादवनी हात्ती आक्रमणबाट मृत्यु भएको छ । प्रत्यक्षदर्शी फुलुवा देवीका छोरा कोविन्द्र यादवका अनुसार ‘मंगलवार राति करिब ८ बजे आएको हात्तीले आँगनमा राखिएको धान खान आएको अनुमान गरेको थियो, तर हात्तीलाई पस्ने ठाउँ नभएको र हात्तीलाई धपाउन गएका थिए । हात्ती मलाई नै समाएको थियो । मेरो आमाले छोरालाई के भयो भनेर आयो हातिले मलाई छोडेर आमालाई समातेर कुल्चियो ।’

हात्तीको आक्रमणबाट मृत्यु भएका स्व.फुलुवा देवी यादवनीको छोरा कोविन्द्र तैथवार यादवलाई कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत श्याम कुमार साहको उपस्थितिमा कोशी टप्पु मध्यवर्ती व्यवस्थापन समितिका पूर्व अध्यक्ष रेणु साह मार्फत तत्काल काज किरिया खर्च वापत ५० हजार नगर प्रदान गरिएको छ ।

नाजिर तैथबार यादवले भने ‘हामी किसानहरु साहुसँग बिऊ र मल उधारो ल्याउँछौं र धान रोप्छौं पछि धान थन्क्याएर ब्याज सहित साहुको ऋण तिर्नु पर्छ तर हात्तीहरु बर्षेनी आएर हाम्रो सबै धान नष्ट गरिदिन्छ ,कसरी तिर्नु हामीले साहुको ऋण ? कसरी पाल्नु बालबच्चा र श्रीमती ? के सरकारले मान्छे मार्दा मात्र पैसा दिने ? हाम्रो बर्षेनी बिघौं बिगाहा धान नष्ट भइरहेको छ खोइ हामीलाई क्षतिपूर्ति र राहत ? कसले लिने यत्रो क्षती को जिम्मेवारी ?’ उनले भने ।
यता कोशी टप्पु बन्यजन्तु आरक्ष सुनसरीका संरक्षरण अधिकृत(वार्डेन) श्याम कुमार साहले कोशी टप्पु वन्य जन्तु आरक्षलाई घेरा वेरा नगर्दासम्म वा अरु कुनै विकल्प सोच्नु पर्ने अनि मात्र समस्या समाधान नहुने बताए । संरक्षण अधिकृत साहले भने, ‘यस कोशी टप्पु क्षेत्र जनावरहरुलाई व्यवस्थापन गर्न क्षेत्रका सांसद तथा केन्द्रीय नेताहरुले चासो दिनुपर्ने सुझाव दिएका छन् ।