• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बम विष्फोटको योजनाकारमाथि मुद्दा दर्ता

राजविराज, १३ मंसिर । सप्तरी जिल्लाको सदरमुकाम राजविराज नगरपालिकालाई लक्षित गरी सोमवार राती शक्तिशाली बम विष्फोट गराउने योजनामा संलग्न दुई तथा बन्दुक सहित पक्राउ परेकालाई सार्वजनिक गरिएको छ ।
बम विष्फोट गराउने उद्देश्यले विष्णुपुर गाउँपालिका ६ स्थित धान खेतमा लुकाई राखेको शक्तिशाली प्रेशर कुकर बम राख्ने छिन्नमस्ता गाउँपालिका १ का ४० बर्षिय तेजनारायण यादव र विष्णपुर गाउँपालिका ६ का ३० बर्षिय सञ्जय कुमार रायलाई पक्राउ गरी प्रहरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । उनीहरुको साथबाट प्रेशर कुकर बम पड्काउन प्रयोग हुने रिमोट कन्टोल समेत प्रहरीले बरामद गरेको छ ।
बमलाई खेतमा लुकाएर राख्ने र सोही दिन अनुकुल माहौल हेरेर सार्वजनिक स्थानमा विष्फोट गराउने योजना बनाएपनि रिमोट विग्रनु र प्रहरीले समयमै गोप्य सुचना पाउनुले जिल्लामा हुने ठुलो दुर्घटना टरेको एसपी मुकेश सिंहले बताए ।
सोही सम्मेलनमा सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका १४ का ३४ बर्षिय सुर्य नारायण सुतिहारलाई पनि सार्वजनिक गरिएको छ । अघिल्लो दिन नै सुतिहारलाई पनि प्रहरीले एक थान कटुवा पेस्तोल र सो मा प्रयोग हुने ३ राउण्ड गोली सहित पक्राउ गरेको थियो । उनी कुन समुहका हुन भन्ने कुरा अहिले नखुलेपनि प्रारम्भिक अनुसन्धानमा निर्वाचनलाई प्रभावित गर्ने योजना अनुसार हतियार राखेको खुलेको एसपी सिंहले जानकारी दिएका छन् । पक्राउ परेकाहरु उपर संगठित अपराध, बम बिष्फोट तथा हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइने तयारी भईरहेको उनले बताए ।