• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नगरमा घरदैलो गर्दै पूर्व सिंचाई मन्त्री यादव

नगरमा घरदैलो गर्दै पूर्व सिंचाई मन्त्री यादव

राजविराज, १२ मंसिर । सप्तरी क्षेत्र नम्वर–२ बाट प्रतिनीधि सभा सदस्यका उम्मेदवार उमेश कुमार यादव र प्रदेश सभाका उम्मेदवार महेश कुमार यादवले राजविराज नगरपालिकामा मङ्गलवार घर दैलो गरेका छन् ।
बाम गठबन्धनका साझा उम्मेदवारहरुले अधिकांश ग्रामिण भेगहरुमा घरदैला सम्पन्न गरी सदरमुकाम केन्द्रित भएका हुन् । उनीहरुले राजविराजको मूल हटियाका व्यवसायीहरुकहाँ पुगेर मत मागेका छन् । मत माग्ने क्रममा ज्येष्ठ नागरिकहरुबाट आशिर्वाद थाप्दै तथा मित्रहरुसँग भेंटघाट गरेका छन् ।
यस अघिको प्रतिनीधि सभा सदस्य भई पूर्व सिंचाईमन्त्री समेत रहिसकेका उमेशले मधेशी जनताको हक अधिकार, संविधान संशोधन, जिल्लाको समग्र विकास निर्माणको मुद्दालाई अघि सारेका छन् । जिल्लाको विभिन्न क्षेत्रमा देखिएको समस्याहरु समाधानकालागि थालिएका कतिपय प्रयासहरु अझैं अधुरै रहेको भन्दै ती कामहरु पुरा गर्नकालागि आफुलाई मत दिन आग्रह गरेका छन् ।
नेकपा माओवादीका पोलिटव्युरो सदस्य समेत रहेका निवर्तमान सांसद यादवले संक्षिप्त प्रतिक्रिया दिँदै भने ‘मैले यसअघिको चुनाव जित्नु अघि ‘द ग्रेट सप्तरी द बेस्ट सप्तरी, ग्रीन राजविराज क्लिन राजविराज, अपन गाम सुन्दर ठाम’ नारा अघि सारेर काम अगाडि बढाएको थिएँ, ती कामहरु धेरै हदसम्म गर्न सफल भएको छ, तर राजनीतिक अवस्थाका कारण ती अधुरा कामहरु पुरा गर्न मैले आमजनतासँग मतको अपेक्षा गरेको छु ।’ नगरका विभिन्न वडाहरुमा समेत घरदैलो अभियानलाई निरन्तरता दिईने उनले जानकारी दिए ।
यस्तै प्रदेश सभाका उम्मेदवार महेशले समेत जनतालाई सेवा गर्ने मौका दिन आग्रह गरेका छन् । लामो समयदेखि बामपन्थी आन्दोलनमा लागेका युवा नेताले स्थानीय समस्या तथा आम जनताको पीडाबारे आफुले नजिकबाट महशुष गरेको भन्दै ती समस्याहरु समाधान गर्ने उनको प्रतिवद्धता रहेको छ ।