राजबिराज, ११ मंसिर । मधेशी गठबन्धनका प्रदेशसभा २(२)का उम्मेदवारहरु घरदैलो कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाएका छन् ।
सोमवार बिहानैदेखि थालेको घरदैलोमा कार्यक्रममा क्षेत्र नम्वर २(२) का प्रदेशसभा का सदस्यका उम्मेदवार राष्ट्रिय जनता पार्टीका महासचिव मनिष कुमार सुमनले राजबिराज वडा नम्वर २ मा घरदैलो कार्यक्रम गरेका छन् । सो घरदैलो कार्यक्रमका क्रममा प्रदेश सभाका उम्मेदवार सुमनले सबैको घरघरमा पुगेर मधेश गठबन्धनका उम्मेदवारहरुलाई मतदिन आग्रह गरेको छ ।
घरदैलोमा राजविराज नगरपालिकाका उप–मेयर साधना झा, राजपाका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, वडा अध्यक्ष अरुण कुमार यादव, बिपिन कर्ण, जिल्ला समन्वय समितिका सदस्य आशा झा, लक्ष्मी रजक लगायत सयांै नेता तथा कार्यकर्ताहरुको सभागिता रहेको थियो ।