• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशवादीको नाममा भ्रम छर्ने काम अविलम्ब बन्द होस्ः उम्मेदवार यादव

मधेशवादीको नाममा भ्रम छर्ने काम अविलम्ब बन्द होस्ः उम्मेदवार यादव

राजविराज, ६ मंसिर । पूर्व सिंचाईमन्त्री समेत रहेका सप्तरी क्षेत्र नम्वर–२ बाट प्रतिनीधि सभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले मधेशवादी दलको नाममा जनतामा भ्रम छर्ने काम त्यसका नेता तथा उम्मेदवारहरुबाट भईरहेको आरोप लगाएका छन् ।
संयुक्त बाम गठबन्धन क्षेत्र नम्वर–२ द्वारा नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । बाम गठबन्धनका उम्मेदवारहरुलाई लक्षित गरी विभिन्न भ्रामक प्रचारबाजी भईरहेको भन्दै आक्रोश पोख्दै भने ‘मधेशवादी दलको नाममा जनतामा भ्रम छर्ने काम त्यसका नेता तथा उम्मेदवारहरुबाट भईरहेको छ, यस्ता भ्रम छर्ने काम अविलम्ब बन्द होस्, नभए त्यसको जवाफ दिन जनता बाध्य हुनेछ ।’
जिल्लामा बहारिया उम्मेदवारहरुले समेत जनतामा भ्रम र झुठको खेती गरिरहेको आरोप लगाउँदै नेता यादवले भने ‘अहिले जिल्ला छाडेर सप्तरी चुनाव लड्न आएकालाई सोध्नुस्, सप्तरीका भूमिपुत्र रामराजाप्रसाद सिंहलाई कसले र किन राष्ट्रपति हुन दिएन, कसले छलछाम ग¥यो ? जनताले प्रश्न गर्नु जरुरी छ ।’ उनले फोरम अध्यक्ष यादवसहितका मधेसवादी दलका शीर्ष तहका केही नेता जनतासित चिटिङ गरिरहेको आरोप लगाए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका सप्तरी क्षेत्र नम्वर–२ का उम्मेदवार उपेन्द्र यादवलाई हराउन अन्तिम समयमा उमेश यादवले जयप्रकाश ठाकुरलाई समर्थन गर्ने गरी गोप्य बैठक समेत भईसकेको भनी सार्वजनिक भएको समाचार भ्रामक एवम् नियोजित रहेकोले त्यस्ता भ्रमको खेती गर्नेहरुको कुरामा नलाग्न आग्रह गरे ।
‘सूर्य पश्चिमबाट उदाउन सक्ला तर वाम गठवन्धनको उम्मेदवार कसैसँग शीर झुकाउँदैन’ उनले भने ‘यस अघि पनि जनताले मलाई जिताई सकेकोकाले यस पटक पनि जित्नकै लागि उम्मेदवारी दिएको हुँ ।’ बाम गठबन्धनका उम्मेदवार तस्कर र ठगहरुको झुण्ड भएको भनी विभिन्न सञ्चारमाध्यममा आएको अभिव्यक्ति कडा आपत्ति जनाउँदै यस्ता भ्रामक अभिव्यक्ति नदिन समेत आग्रह गरे । सोही पत्रकार सम्मेलनमा पूर्व सिंचाईमन्त्री यादवले चुनाव जित्नु अघि, सांसद र मन्त्री भएपछि जिल्लामा गरेका महत्वपूर्ण कामहरुबारे तथा प्रतिवद्धता समेत पत्रकार सम्मेलनमा जानकारी दिए ।
बाम गठबन्धन क्षेत्र नम्वर–२ का संयोजक सुखराम यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय नेता सुमनराज प्याकुरेल, प्रदेश सभा ‘ख’ का महेश प्रसाद यादव लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन नेकपा एमालेकी ममता कुमारी चौधरीले गरिन् ।