• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आरक्षका अर्ना र हात्ती आतंक नियन्त्रण गर्न बृहत छलफल

आरक्षका अर्ना र हात्ती आतंक नियन्त्रण गर्न बृहत छलफल

राजकुमार पासवान
कञ्चनपुर, ५ मंसिर । हात्ती, अर्ना लगायतका जङ्गली जनावरहरुबाट जोगिन आरक्ष प्रशासन प्रमुखसँग मङ्गलवार दिर्घकालिन तथा अल्पकालिन योजना बनाउन कञ्चनरुप नगरपालिकाको पहलमा वृहत छलफल भएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट रातिको समयमा हात्ती, अर्ना अन्य जनावरहरु निस्केर सप्तरीको पश्चिम तटबन्धका सप्तकोशी तथा कञ्चनरुप नगरपालिकाका जनताहरुलाई बालीनालीमा साथै मानवीय क्षति व्यहोर्नुपरेकोले क्षति वापतको राहतबारे कञ्चनरुप नगरपालिकाले आरक्षका संरक्षित अधिकृत श्याम कुमार साहसँग छलफल भएको छ । छलफलमा आरक्षका संरक्षित अधिकृत साहले आरक्षबाट हात्ती र अर्नाले बालीनालीमा क्षति भएकोले त्यसलाई प्रक्रिया मिलाएर क्षति राहत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
कोशी टप्पु वन्यजन्तु आरक्ष राष्ट्रिय–अन्तराष्ट्रिय पहिचान भएको सिमसार सम्भावनाको रुपमा लिएर विकास गर्न सकिने उनले बताए । चितवन राष्ट्रिय निकुञ्जका जनताहरु तथा त्यहाँका बालबालिका पर्यटन विकासबाट पर्यटकहरुसँग बसेर कुराकानीदेखि लिएर विकासबारे छलफल गरि योजना बनाएर निकुञ्जबाट चितवनको विकास भएको चर्चा गरे ।
कोशी टप्पु आरक्ष वरिपरीका जनताहरुलाई वा समुहरुलाई सम्बन्धित मन्त्रालय मार्फत पहलमा ठुलो परियोजना ल्याएर कोशी टप्पुलाई संरक्षण, प्रवद्र्धन, विकासको सम्भावना तथा यस क्षेत्रको पर्यटक क्षेत्रका रुपमा जानुपर्ने उनले बताए । कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र नेपाल तथा भारतका गाई भैंसीहरु बथान बनाएर तथा छाडा छोडिएका गाईवस्तुहरु आरक्ष वरिपरीका जनताहरुको खेतीमा लगाएको बालीनाली क्षति गरिएको र आरक्षको बदनामीको आरोप लगाउने गरिएको अधिकृत साहले गुनासो गरे । उनले भने ‘हजारौं छाडा छोडिएका गाईवस्तुलाई नियन्त्रणमा लिनुप¥यो, नत्र मार्ने आदेश दिनुस् वा लिलामी गर्न भन्नुस् त्यसपछि हेर्नु ९९ प्रतिशत आफैं समस्या समाधान हुन्छ ।’
कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रले आरक्ष भित्रका अर्ना, हात्तिबाट बच्ने उपाय गर्नुपर्ने, मानवीय क्षतिलाई रकमले तुलना गर्न नमिल्ने, मलाहहरुलाई माछा मार्ने समस्यालाई समाधान गर्न संरक्षित अधिकृत साहलाई आग्रह गरे । नगरपालिकाका प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईले आरक्ष राष्ट्रिय चिनारीको रुपमा भएकोले विकास गर्नेतर्फ सबै लाग्नु जरुरी रहेको बताए ।
कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्षका पूर्व अध्यक्ष तथा जगतपुर, बदगामाका अध्यक्ष समेत रहेकी रेणु साहले यस क्षेत्रका जनतालाई कुनै किसिमको मार पर्न नदिन आफुहरु सचेत रहेको बताए । उनले भनिन् ‘मलाह, मुसहरहरुले माछा मार्नेदेखि पटेर, गोबर–गोइठा ल्याउने समेत गरेको छ ।’ कञ्चनरुप नगरपालिकाका वडाहरुमा चरिचरण सकेकोले दाउरा, घाँसपात, दाहस्कार गर्न, परम्परागत धर्म संस्कृति सम्वन्धि कार्यमा अवरोध नपुर्याउन आग्रह गरे ।