• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
हनुमाननगरमा फेला पर्यो महिलाको विभत्स शव

राजविराज, ५ मंसिर । सप्तरीको हनुमाननगर नगरपालिकामा मङ्गलवार विभत्स हत्या गरिएकी एक महिलाको शव फेला परेको छ ।
वडा नम्वर ५ स्थित योगीनियाँमा टाउको, हातखुट्टा सहित शरिरका विभिन्न अङ्गहरु काटेर हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको छ । टुक्रा पारेर बोरामा प्याक गरी कोशी किनारको एकान्त स्थान र मरेका पशुचौपाया फाल्ने ठाउँमा फालेर हत्याराले आफुलाई जोगाउने हदैसम्मको प्रयास गरेको सप्तरीका एसपी मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।
एसपी सिंहले झाडी बाहिर महिलाको खुट्टा देखेपछि आसपासका वासिन्दाले प्रहरीलाई खवर गरेपछि खोजतलास गर्दा करिव ३०÷३२ वर्षिया महिलाको शव भेटिएको भन्दै शवको पहिचान हुन नसकेकाले उक्त स्थानमा फेला परेका कपडालगायतका अन्य सामग्रीका आधारमा अनुसन्धान थालिएको उनले बताए ।